पुँजिबजारको विकासका लागि सरकारका योजना तत्काल सार्वजनिक गर्न लगानीकर्ता संघको माग

'पुँजिवजारसंग सम्वन्धित निकायहरु मौन बस्नु अत्यन्त दुःखद र मर्माहत क्षण'
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 25, 2018 | 12:41:09 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघ नेपालले नँया सरकार संग सगैं दिनानुदिन नेप्से परिसुचकले नकारात्मक प्रवृती देखाई रहदा पनि सरकारमा रहेका पुँजिवजारसंग सम्वन्धित निकायहरु मौन बस्नु अत्यन्त दुःखद र मर्माहत क्षण भएको बताएको छ । संघले नेप्से घट्दो क्रममा रहंदा पुँजिवजारसंग सम्वन्धित निकायहरु अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैंक, धितोपत्र वोर्ड र नेप्सेका प्रतिनिधीवाट कुनै प्रकारको प्रतिकृया नआउनु र मूकदर्शक भएर घटित घटनाक्रमहरुलाई हेरि रहनुलाई शेयर लगानी कर्ता संघ नेपाल ले अत्यन्त दुःखद र मर्माहत क्षण भएको बताएको हो।

नेपालको एक मात्र शेयर कारोवार गर्ने पुँजिबजार देशमा आर्थिक विकासको माध्यमवाट देशको गरिवी निर्मुल गरेर सम्वृद्ध देश निर्माण गर्ने उद्देश्य लिएर गठन भएको नँया सरकारको यस्तो प्रवृत्तिप्रति संघले आपत्ति जनाएको हो  । संघले आज एक बिज्ञप्ति जारि गदै  यो सरकार पुँजिबजार प्रति असहिष्णु भएको हो कि भन्ने आशंका पैदा भएको बताएको हो । संघका महासचिव जगन्नाथ पुडासैनीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ 'विगतमा २१ खर्बसम्म पुँजिकृत भएको शेयरबजारको मुल्याङ्कन २०७४।१२।०८ सम्ममा आईपुग्दा १४ खर्बको हाराहारीमा स्खलन भई सक्दा पनि सरोकारवालाहरुको कुनै प्रतिक्रृया नआउनुले यो सरकार पुँजिबजार प्रति असहिष्णु हो कि भन्ने आम लगानीकर्तामा भान पर्न लागि सकेको छ' ।

यदि सरकार साँच्चै नै पुँजिबजार मैत्री र देश विकासमा सर्वसाधारण लगानीकर्तालाई पनि साथ साथै होस्टेमा हैंसे गरि संगै अगाडी वढ्न चाहन्छ भने सिघ्राति सिघ्र पुँजिबजारको विकासमा सरकारका योजना र धारणाहरु सार्वजनिक गर्न संघले आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved