अस्वभाविक रुपमा बढाइएको शेयर बजार घट्नु अनौठो होइन: अर्थमन्त्री खतिवडा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 25, 2018 | 06:10:06 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारलाई हस्तक्षेप नगरेको बताएका छन्  । उद्योग संगठन र मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको आर्थिक विकास र समृद्धता, सरकार र निजी क्षेत्रको प्रतिबद्धता विषयक छलफलमा अर्थमन्त्री खतिवडाले शेयर बजारलाई हस्तक्षेप नगरी आफ्नै बाटो हिड्न दिंदा पनि शेयर बजार घटेको बताएका हुन् । 

उनले शेयर बजार घट्नुको कारण आपूर्ति बढ्नु रहेको बताए । उनले भने 'बजारमा थप शेयर आउँदैछन् । हाइड्रोहरुले आइपीओ ल्याउँदैछन् । बैंकले पूँजी बढाएका छन् । शेयर थपिएको छ, अनि अर्थशास्त्रको सामान्य सिद्धान्त हो आपूर्ति बढ्दा बजार मूल्य घट्छ । अन्र्तराष्ट्रिय  बजार त घट्छ । घटबढ हुनुलाई अनौठो मान्न सकिँदैन ।’

 मन्त्री खतिवडाले लहडका भरमा शेयरमा लगानी नगर्न पनि सर्वसाधरणलाई आग्रह गरेका छन्  । उनले लगानीकर्तालाई सचेत पार्दै कम्पनीको प्रोफाइल नहेरी लगानी नगर्न र दीर्घकालीन रुपमा सोच्न आग्रह गरे  । उनले  अस्वभाविक रुपमा बढाइएको बजार अहिले शेयरको बढी आपूर्ति भएका कारण घट्नु अनौठो विषय नभएको स्पष्ट पारे ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved