नेप्सेमा राधी बिद्युत कम्पनीको कारोबार खुला, हेर्नुस कति तोकियो सुरुवाती रेन्ज

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 09:48:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज सोमबारदेखि राधि बिद्युत कम्पनी लिमिटेडको शेयर कारोबार सुचारु भएको छ । कम्पनीको कारोबार RADHI सिम्बलबाट हुने नेप्सेले जनाएको छ । पहिलो कारोबारको लागि नेप्सेले १३३ रुपियाँ ६६ पैसा देखि ३ सय ९७ रुपियाँ ९८ पैसाको सुरुवाती रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको तिन गुणासम्मको मूल्य तोक्ने गरेको छ ।  

नेप्सेमा गत आइतबार कम्पनीको ४१ लाख कित्ता शेयर सुचिकृत भएको थियो ।    

 कम्पनीले पुस ३ गते देखि  ७ करोड ६४ लाख रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर बिक्रि खुला गरेको थियो । 

 राधिको अधिकृत पुंजी १ अर्ब ५० करोड छ। कम्पनीको जारि पुंजी ४१ करोड छ। जारि पुंजी मध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ। सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको सेयर संरचना संस्थापक तर्फ ७५ प्रतिशत, आयोजना प्रभावित १० प्रतिशत र साधारण तर्फ १५ प्रतिशत रहेको छ।  

राधि बिद्युत कम्पनीले ४.४० मेगावाटको राधि सानो हाइड्रोपावर परियोजना संचालन गरिरहेको छ। यस परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। 

यो पनि:  

राधी आईपिओ : १ लाख ६६ हजार आवेदक मध्ये यी हुन् ११ कित्ता शेयर पाउने एक मात्र भाग्यमानी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved