भारी गिरावटपछि नेप्सेमा पहिलो सर्किट ब्रेक, ८३ कम्पनीको मूल्य घट्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 10:48:03 AM मा प्रकाशित

laxmi  sunrise bank

केहि दिन यता ओरालो लागेको बजार परिसूचक नेप्सेमा आज सोमबार भारी गिरावट आएको छ  । आज कारोबार सुरु भएको १ घण्टा भित्रै बजार ३ प्रतिशत (३६.८५ अंक)ले  घटेपछि सर्किट ब्रेक लागेको छ ।  सूचक ११:४० बजे ३.०२ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेको हो । अब कारोबार १५ मिनेटपछि अर्थात् १२:५५ बजे सुचारु हुनेछ । सूचक ११८३.५९ को बिन्दुमा पुगेको छ  ।  

१२:५५ बजे पुन खुल्ने बजार थप १ प्रतिशतले घटी ४ प्रतिशत गिरावट आएमा दोस्रो पटक सर्किट ब्रेक लाग्ने छ । त्यस पछि बजार आधा घण्टापछि खुल्ने र त्यसपछि पनि सूचक थप १ प्रतिशतले घटेर ५ प्रतिशतले घटेमा आज कारोबार नै बन्द हुनेछ । 

हालसम्म आज ८७ कम्पनीका ८ सय १९ कित्ता शेयर खरिद  बिक्रि बाट ४ करोड ९८ लाख रुपियाँको कारोबार भएको छ । जस मध्ये नेपाल बंगलादेश बैंकको सबै भन्दा धेरै ८२ लाखको कारोबार भएको छ भने राष्ट्रिय बिमा कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै ६ प्रतिशतले घटेको छ। बिमा समूह सबै भन्दा धेरै १६८ अंकले घटेको छ ।  

कारोबारमा आएका ३ कम्पनी बाहेक सबै कम्पनीको शेयर मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved