बुटवल पावरको एफपिओ बुधबार भित्र बाँडफांड हुने, हालको बजार मूल्य एफपिओ भन्दा ७९ रुपैया कम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 01:09:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावरले कम्पनी लिमिटेडले गत निष्कासन गरेको नयाँ साधारण सेयर (एफपीओ) अबको दुई दिन भित्र बाँडफांड हुने भएको छ । कम्पनीले माघ १५ गतेदेखि फागुन १५ गतेसम्म ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्रि खुला गरेको थियो।  

बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ बाँडफांडको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।  क्यापिटलले यहि चैत्र १४ गते बुधबार एफपिओ बाँडफांड गर्ने प्रस्ताव धितोपत्र बोर्डलाई गरेको जानकारी दिएको छ । क्यापिटलका प्रबक्ता स्मृति महर्जनले भनिन  'हामीले १४ गते बाँडफांड गर्ने प्रस्ताव बोर्डलाई गरेका छौ, १३ गते नै बाँडफांड हुन् सक्छ, १३ मा नभएमा १४ गते हुन्छ' ।  

कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ४०१  प्रिमियम थप गरि प्रति कित्ता ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन बिक्रि खुला गरेको थियो।  सर्वसाधारण लगानीकर्ताबाट माग अनुसार पर्याप्त आबेदन नपरेपछि माघ २६ गतेदेखि संस्थागत लगानीकर्तालाई समेत आबेदन खुला गरिएको थियो ।  

फागुन १५ सम्म बिक्रि खुला गरिएको बिपिसीको ४० लाख ८१ हजार कित्ता एफपीओ मध्ये ७१.६० प्रतिशत मात्र बिक्रि भएको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। बिक्री हुन नसकेको ११ लाख ५० हजार कित्ता बराबरको सेयर प्रत्यभुतकर्ता कम्पनीहरुले किन्नु पर्नेछ। 

प्रबक्ता महर्जनले भनिन् 'पहिले लगानीकर्तालाई बाँडफांड हुन्छ, त्यसपछि बाकी रहेको कित्ताहरु एफपीओ प्रत्याभूत गर्ने ८ संस्थालाई प्रपोसन अनुसार वितरण गरिने छ' । 

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३५७ प्रतिशतले बढाएर ५९ करोड ५२ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा कम्पनिले १३ करोड ९ लाख खुद मुनाफा गरेको थियो। कम्पनिले बिद्युत बिक्रिबाट ४० करोड ९८ लाख आम्दानि गरेको छ।   

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ८६ करोड छ।

यस अवधिमा कम्पनिको प्रति शेयर आम्दानि ३३ रुपैयाँ ९ पैसा, प्रति शेयर नेटवर्थ २५८ रुपैयाँ २१ पैसा र मुल्य आम्दानिको अनुपात २१ दशमलब ४८ गुणा रहेको छ। 

दोस्रो बजारमा कम्पनी शेयर मूल्य भने एफपिओ बिक्रि गरिएको मूल्य भन्दा तल झरेको छ । यो समाचार तयार पार्दा (आज २ बजेर ७ मिनेटको मार्केट डेप्थ अनुसार ) कम्पनीको शेयर घटेर ४२२  रुपियाँमा कारोबार भईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved