अर्थमन्त्रीको अभिव्यक्तिपछि नेप्सेमा भारी गिरावट, सूचक २ बर्ष यता कै न्यून बिन्दुमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 03:06:28 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन बजार परिसूचक नेप्से भारी अंकले घटेको छ । आज नेप्से सूचक ५१.८९ अंकले घटेर ११६८.५५ को बिन्दुमा पुगेर रोकिएको छ ।  नेप्से परिसूचक २०७२ पुस २२ यताकै न्युन विन्दुमा आइपुगेको छ । सूचक दुई वर्षपछि १२ सय बिन्दु मुनि आएको हो ।

आज कारोबार सुरु भएको १ घण्टा भित्रै बजार ३ प्रतिशत (३६.८५ अंक)ले  घटेपछि सर्किट ब्रेक लागेको थियो।  सूचक ११:४० बजे ३.०२ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेको हो । त्यसपछि  कारोबार १५ मिनेटपछि अर्थात् १२:५५ बजे सुचारु भएको थियो। तर बजार घट्ने क्रम भने सर्किटले रोकिएन । 

आज कारोबारमा आएका १५७ कम्पनीको १५ लाख ६८ हजार ६ सय ५२ कित्ता शेयर खरिद बिक्रिबाट ४७ करोड ७० लाख ७७ हजार ७ सय २६ रुपियाँको कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । 

आज १३ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरै अंकले घटेको छ । आज केवल २ कम्पनीको शेयर मूल्य बढेको छ । आज प्रोग्रेशिभ फाइनान्स र स्वदेशी लघुवित्तको शेयर मूल्य बढेको हो ।

आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले विराटनगरमा आयोजित एक कार्यक्रममा अस्वभाविक रुपमा बढाईएको बजार घट्नु अनौठो नभएको प्रतिक्रिया दिएका थिए  । उनले बजारमा धेरै आपूर्ति हुँदा शेयर घटेको र लहडमा लगानी नगर्न आग्रह गरेका थिए ।  केहि दिन यता बजार घट्दो क्रममा नै रहेको बेला अर्थ मन्त्रालयले स्वेत पत्र जारि गर्ने जनाएको थियो  । तर स्वेतपत्रको प्रतिक्षा बसेका लगानीकर्ताहरुले अर्थमन्त्रीको सुझाबलाई नकारात्मक रुपमा ग्रहण गरे र फलस्वरुप बजार भारि अंकले घटेको हो।

उता शेयर बजार सम्बद्द विभिन्न संघ तथा फोरमहरुले सरकार र सम्ब्नाधिक निकायको आधिकारिक धारणा सार्बजनिक गर्न माग गरेका छन् । यस बिषयमा सरोकारवालाहरुले चासो नदिए आन्दोलनमा जाने उनीहरुको तयारी छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved