बजारमा पहिरो आउँदा लगानीकर्ताले एकै दिन गुमाए ६० अर्ब ७९ करोड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 03:47:29 PM मा प्रकाशित

laxmi  sunrise bank धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज रु ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ । 

आज कूल १५७ कम्पनीको १५ लाख ५८ हजार ८०४ कित्ता शेयर खरिद बिक्री भएको स्टकले जनाएको छ । कूल ५२ बिन्दुले बजार ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १६८ बिन्दुमा आइपुगेको छ । यो पछिल्लो दुई वर्षकै सबैभन्दा न्यून बिन्दु हो । 

आज ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.७६ बिन्दुले आरोलो लागेर २४९.६५ बिन्दुमा पुगेको छ । आज बैंकिङ ४१.९८, होटल ८१.३४, विकास बैंक ५१.२७, जलविद्युत् ६९.४९, फाइनान्स ४.७२, बीमा ३८३.९२ उत्पादन समूह ६०.९५, अन्य २१.९४ र माइक्रोफाइनान्स ७५.५२ बिन्दुले ओरालो लागेको छ । 

आज १३ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरै अंकले घटेको छ । आज केवल २ कम्पनीको शेयर मूल्य बढेको छ । सोमबार प्रोगेसिभ फाइनान्सको सेयरमूल्य ९.८६ तथा स्वेदेशी लघुवित्तको सेयरमूल्य १.९२ प्रतिशतले बढेको छ । आज  कारोबारमा आएका १ सय ५५ कम्पनीको शेयर मूल्य घटेको छ। एकै दिन भारि अंकले सूचक घटेपछि लगानीकर्ताले ६० अर्ब ७९ करोड गुमाएका छन्   । गत साता बजार बन्द हुँदा बजार पुजिकरण १४ खर्ब २९ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा आज घटेर  १३ खर्ब ६८ अर्ब ९३ करोड पुगेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved