राष्ट्रिय सभामा सांसदको प्रश्न 'सरकारलाई शेयरबजार चाहिन्छ कि चाहिदैन'?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 27, 2018 | 01:49:21 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारमा निरन्तर ओरालो लागेको बिषय संसदमा पनि उठेको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै उनले शेयरबजारमा  धनीले मात्र नभई साना साना लगानीकर्ताले पनि थोरै थोरै रकम लगानी गरेको स्मरण गराए । उनले भने 'अर्थमन्त्रीज्युको भाषणले बजार घटेको भन्ने आईरहेको छ, शेयर बजार अनुत्पादक हो कि होइन भन्नेबारे सरकारको दृष्टिकोण के हो , स्पस्ट पार्नु पर्यो' ।

उनले थपे  'शेयर बजार नचाहिने हो भने सरकारले भनोस् । तर चाहिन्छ भने यसरी बजार घट्दा सरकारले ध्यान दिनु पर्छ कि पर्दैन? ’ उनले यस बिषयमा यथाशिघ्र स्पष्ट पार्न पनि अर्थमन्त्री युवराज खतिवडा आग्रह गरे ।  अर्थमन्त्री खतिवडा राष्ट्रिय सभाका सदस्य हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved