३४ अंकले घटेको नेप्से कसरी भयो बाउन्स व्याक, यस्ता छन् ४ मुख्य कारण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 27, 2018 | 03:25:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्रीको नकारात्मक अभिव्यक्तिपछि निरन्तर घटेको बजार आज मंगलबार भने चमात्कारिक बाउन्स ब्याक भएको छ ।  कारोबार खुलेको दुई घण्टाको अवधिसम्म झण्डै ३४ अंकले घटेको बजार त्यसपछि भने उकालो लाग्दै हिजोको तुलनामा ३९.१६ अंकले बढेर १२०७.७१ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६६ कम्पनीका १५ लाख ४६ हजार ६० कित्ता शेयर बिक्रिबाट ५१ करोड १५ लाख ५३ हजार ६ सय ८७ रुपियाँको कारोबार भएको छ । 

आज कारोबारमा आएका ट्रेडिङ बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै १० करोड २० लाखको कारोबार भएको छ । आज ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । 

कसरी आयो त् निरन्तर घटेको बजारमा चमत्कारिक सुधार ?

श्वेतपत्रको आश 

अर्थमन्त्रालयले मुलुकको वर्तमान आर्थिक स्थिति र भविष्यमा चाल्नुपर्ने रणनीति समेटेर यसै साता श्वेत पत्र जारि गर्ने बताएको छ  । श्वेतपत्रमा शेयर बजारसँगै बैंक तथा वित्तीय क्षेत्रलाई समग्र रुपमा समेटर विशेष कार्यक्रम ल्याउने तयारी भएकोले  लगानीकर्ता उत्साहित भएका हुन् ।

उपसचिवको लेख 

अर्थमन्त्रालयका बजेट महाशाखाका उप-सचिव आनन्द कुमार भट्टराईले  सेयर बजारको बिषयमा चलेका भ्रमहरुलाई चिर्दै लेख सार्वजनिक गरेका थिए ।सो लेखमा समग्र सेयरबजारको अवस्था, फैलाइएको नकारात्मक भ्रम र सुधार गर्न सकिने बिषयहरु समावेश गरिएको थियो ।  भट्टराई अर्थमन्त्री युवराज खतिवडाको निकट मानिन्छन ।  खतिवडाको निकट मानिने भएकाले उनको धारणा नै अर्थमन्त्रीको धारणा भन्ने बुझाईले लगानीकर्ताको मनोबल बढेको देखिन्छ   । 

संसदमा आवाज 

  शेयरबाजारको प्रसङ्ग आज संसद बैठकमा पनि उठेको थियो । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै उनले शेयरबजारमा  धनीले मात्र नभई साना साना लगानीकर्ताले पनि थोरै थोरै रकम लगानी गरेको स्मरण गराए । उनले भने 'अर्थमन्त्रीज्युको भाषणले बजार घटेको भन्ने आईरहेको छ, शेयर बजार अनुत्पादक हो कि होइन भन्नेबारे सरकारको दृष्टिकोण के हो , स्पस्ट पार्नु पर्यो' ।

उनले थपे  'शेयर बजार नचाहिने हो भने सरकारले भनोस् । तर चाहिन्छ भने यसरी बजार घट्दा सरकारले ध्यान दिनु पर्छ कि पर्दैन? ’ उनले यस बिषयमा यथाशिघ्र स्पष्ट पार्न पनि अर्थमन्त्री युवराज खतिवडा आग्रह गरे ।  अर्थमन्त्री खतिवडा राष्ट्रिय सभाका सदस्य हुन् । सदन मै प्रश्न उठेपछि मन्त्रीले यस बिषयमा सम्बोधन गर्ने आशमा लगानीकर्ता सकारात्मक रहेका छन् ।

मन्त्रीको प्रतिबद्दता 

 मन्त्री खतिवडालाई आज नेपाल उद्योग परिसंघको टोलीले भेट गरेको थियो । भेटमा  मन्त्री खतिवडाले औद्योगिक क्षेत्रको उत्पादन बृद्धिका लागि तरलता समस्या समाधान र ब्याज दर बृद्धिलाई रोक्न आवश्यक पहलका लागि काम भइरहेको जानकारी गराएका थिए ।तरलता समस्या समाधान गर्दै ब्याज दरमा आवश्यक सहजीकरण गर्ने मन्त्रीको प्रतिबद्दताले बजार बढ्नमा टेवा पुगेको देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved