बुटवल पावरको एफपिओ बुधबार बाँडफांड हुने, हालको बजार मूल्य एफपिओ भन्दा ३३ रुपियाँ कम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 27, 2018 | 04:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावरले कम्पनी लिमिटेडले गत माघमा निष्कासन गरेको नयाँ साधारण सेयर (एफपीओ) भोली बुधबार बाँडफांड हुने भएको छ । कम्पनीले माघ १५ गतेदेखि फागुन १५ गतेसम्म ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्रि खुला गरेको थियो।  कम्पनीको एफपिओ बुधबार बिहान ९ :३० बजे बुटवल पावर कम्पनीको कार्यालय बुद्धनगरमा बाँडफांड हुन लागेको हो ।   

 कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ४०१  प्रिमियम थप गरि प्रति कित्ता ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन बिक्रि खुला गरेको थियो।  सर्वसाधारण लगानीकर्ताबाट माग अनुसार पर्याप्त आबेदन नपरेपछि माघ २६ गतेदेखि संस्थागत लगानीकर्तालाई समेत आबेदन खुला गरिएको थियो ।  

फागुन १५ सम्म बिक्रि खुला गरिएको बिपिसीको ४० लाख ८१ हजार कित्ता एफपीओ मध्ये ७१.६० प्रतिशत मात्र बिक्रि भएको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। बिक्री हुन नसकेको ११ लाख ५० हजार कित्ता बराबरको सेयर प्रत्यभुतकर्ता कम्पनीहरुले किन्नु पर्नेछ। 

सबै लगानीकर्ताले माग गरे जति नै शेयर पाउने भएका छन् । 

 कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३५७ प्रतिशतले बढाएर ५९ करोड ५२ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा कम्पनिले १३ करोड ९ लाख खुद मुनाफा गरेको थियो। कम्पनिले बिद्युत बिक्रिबाट ४० करोड ९८ लाख आम्दानि गरेको छ।   

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ८६ करोड छ।

यस अवधिमा कम्पनिको प्रति शेयर आम्दानि ३३ रुपैयाँ ९ पैसा, प्रति शेयर नेटवर्थ २५८ रुपैयाँ २१ पैसा र मुल्य आम्दानिको अनुपात २१ दशमलब ४८ गुणा रहेको छ। 

दोस्रो बजारमा कम्पनी शेयर मूल्य भने एफपिओ बिक्रि गरिएको मूल्य भन्दा तल झरेको छ । आज मंगलबार कम्पनीको शेयर घटेर ४६८  रुपियाँमा कारोबार भईरहेको छ । जुन एफपिओ मूल्य भन्दा ३३ रुपैयाले कम हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved