स्पर्स लघुवित्तले २ करोड ४० लाखको आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 27, 2018 | 04:55:05 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयर आईपियो निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले कर्मचारीहरु समेतका लागि २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण शेयर निश्क्षण गर्न लागेको हो ।

सम्झौतामा स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट   सजल खड्का र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत   मनिष नारायण जोशीले  हस्ताक्षर गरेका हुन् । हाल वित्तिय संस्थाको चुक्ता पूँजी रु. ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी रु. ८ करोड हुनेछ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

स्पर्सको संस्थापकहरुमा  जनता बैंक , टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved