आईपिओ निष्काशनको अनुमति माग्दै शिवम सिमेन्ट बोर्डमा, ५२ लाख ८० हजार कित्ता निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 28, 2018 | 01:14:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशनको अनुमति माग्दै शिवम सिमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  कम्पनीले चैत्र ६ गते बोर्डमा आवेदन दिएको हो । 

कम्पनीको माघ २१ गते बसेको विशेष साधारणसभाले आईपिओ निष्काशन प्रस्ताव पारित गरेको थियो  ।  शिवम सिमेन्टले प्रिमियम मुल्यमा ५२ लाख ८० हजार कित्ता आइपीओ जारि गर्ने प्रस्ताब गरेको हो ।  जस मध्ये ४४ लाख कित्ता सर्वसाधारणलाई रहेको छ बाँकि ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयलाई रहेको छ ।  कम्पनीको माघ ३ मा बसेको संचालक समितिको बैठकले हालको जारि पुंजी ४ अर्ब ३० करोडलाई बढाएर बनाइने ४ अर्ब ३० करोड चुक्ता पुंजीबाट हुन आउने १२ प्रतिशतले हुन आउने सेयर प्रिमियम मुल्यमा जारि गर्ने निर्णय गरेको थियो।  

कम्पनीले शेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रलाई पुंजीबजारमा भित्र्याउन १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेको छ। बोर्डले उक्त निर्णय पश्चात शिवम सिमेन्ट,अर्घाखाँची सिमेन्ट लगायतका सिमेन्ट तथा अन्य कम्पनीले आइपीओ निष्काशनको प्रक्रिया अगाडी बढाएका हुन्।   

सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी बन्न लागको शिवम सिमेन्ट को उद्योग मकवानपुरको हेटौडामा रहेको छ। चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी रहेको यस उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved