नेप्सेमा सुचिकृत २० कम्पनीले पनि उठाए बुटवल पावरको एफपिओ, हेर्नुस कसले कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 28, 2018 | 01:45:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनी लिमिटेडको ४० लाख ८१ हजार कित्ता शेयर आज बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बुटवल पावरको कार्यालय बुद्द्नगरमा एफपिओ बाँडफांड गरेको हो । कुल ८५ हजार ६ सय १४ आवेदन मध्ये ८४ हजार ८ सय ४ आवेदन मात्र योग्य भएको छ । ८४ हजार ८ सय ४ आवेदकलाई कुल २८ लाख ५९ हजार १ सय ७० कित्ता शेयर बाँडफाड गरिएको छ ।  उनीहरुले माग गरे अनुरुप मै शेयर पाएका छन्। बाँकी १२ लाख २१ हजार ८ सय ३० कित्ता भने अन्डरराइट गर्ने कम्पनीहरु (सेयर प्रत्याभूतिकर्ता)ले लिएका छन् ।  

कम्पनीले माघ १५ गतेदेखि फागुन १५ गतेसम्म ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्रि खुला गरेको थियो।  कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ४०१  प्रिमियम थप गरि प्रति कित्ता ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन बिक्रि खुला गरेको थियो।  सर्वसाधारण लगानीकर्ताबाट माग अनुसार पर्याप्त आबेदन नपरेपछि माघ २६ गतेदेखि संस्थागत लगानीकर्तालाई समेत आबेदन खुला गरिएको थियो ।  

त्यस समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले एफपिओमा आवेदन दिएका थिए  ।  

हेर्नुस कसले कति उठाए बुटवल पावरको एफपिओ ?

एक्सेल डेभलपमेन्ट बैंक -१० हजार कित्ता, 

गरिमा विकास बैंक -२० हजार कित्ता , 

नेपाल बंगलादेश बैंक, २० हजार ४ सय कित्ता , 

ज्योति विकास बैंक-२० हजार ४ सय कित्ता, 

कुमारी बैंक, २० हजार कित्ता, 

शंग्रिला डेभलपमेन्ट बैंक -२० हजार कित्ता, 

कामना सेवा विकास बैंक, २० हजार कित्ता, 

ओम डेभलपमेन्ट बैंक , ५ हजार, 

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स -५ हजार कित्ता, 

कंचल डेभलपमेन्ट बैंक, ३ हजार कित्ता , 

शप्तकोशी डेभलपमेन्ट बैंक- ५ हजार कित्ता, 

तिनाउ डेभलपमेन्ट बैंक - १ हजार कित्ता, 

देव विकास बैंक - ४ हजार कित्ता, 

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी- ६ सय कित्ता, 

शिखर इन्स्योरेन्स- १८ सय ५० कित्ता, 

युनाईटेड इन्स्योरेन्स- ५ सय कित्ता, 

प्रिमियर इन्स्योरेन्स - ५ हजार ९ सय ९० कित्ता, 

प्राइम लाइफ इन्स्योरेन्स - २० हजार कित्ता, 

लुम्बिनी जनरल इन्स्योरेन्स २० हजार कित्ता, 

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड- १० हजार कित्ता, 

सिद्दार्थ क्यापिटल -१ हजार कित्ता, 

सिभिल क्यापिटल -१० हजार कित्ता, 

सानिमा क्यापिटल २० हजार ४ सय कित्ता, 

 कसरी हेर्ने नतिजा ? 

आइपीओको नतिजा  बिजपाटि डटकममा प्रकाशित भएको छ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर तनिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ बुटवल पावर कम्पनी लिमिटेड (Butwal Power Company Limited (BPCL) FPO) भनेर छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ।  

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved