श्वेतपत्रको प्रतिक्षामा बसेका लगानीकर्ता 'पर्ख र हेर'को अवस्थामा, बजारमा सामान्य करेक्सन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 28, 2018 | 03:13:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार बजार परिसूचक नेप्सेमा तिब्र उतारचढाव देखिएको छ । तिब्र उतारचढाव देखिएको बजार सामान्य करेक्सन भएर बन्द भएको छ । आज सूचक २.९० अंकले घटेर १२०४.८४ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६२ कम्पनीका १३ लाख ५२ हजार ३ सय ३० कित्ता शेयर खरिद बिक्रिबाट ५१ करोड ४१ लाख ६३ हजार ७ सय ७७ रुपैयाको कारोबार भएको छ 

आज कारोबारमा आएका बैंकिंग, विकास बैंक, उत्पादन र अन्य समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

आज युनिलिभर नेपालको सबै भन्दा धेरै २ करोड ५८ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, एभरेस्ट बैंक लगायत रहेका छन् ।

आज राधि बिद्युतको शेयर मूल्य सर्बाधिक १० प्रतिशत तथा करपोरेट डेभलपमेन्ट बैंकको ९.६० प्रतिशतले बढेको छ। त्यस्तै आज ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य सर्बाधिक ८.४२ प्रतिशत तथा लाइफ इन्स्योरेन्स कम्पनी नेपालको ७.३३ प्रतिशत घटेको छ । 

आजको बजारलाई हेर्दा लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको देख्न सकिन्छ। हिजो  सरकारले शेयर बजारलाई सम्बोधन गर्दै श्वेतपत्र जारि गर्ने चर्चा चलेपछि मंगलबार बजार झन्डै ४० अंकले बढेको थियो । आज पनि कारोबारको सुरुवातमा बजार बढेको थियो । तर सरकारले आज नै श्वेतपत्र जारी नगर्ने भएपछि लगानीकर्ता पर्ख र हेरको स्थितिमा रही संयम रही कारोबार गरेको आंकलन गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved