हकप्रद निष्काशनको अनुमति माग्दै आइएमई जनरल इन्स्योरेन्स धितोपत्र बोर्डमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 28, 2018 | 05:31:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०:८ को अनुपातमा ८० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो  । अब कम्पनीले ४३ करोड २० लाख बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  । 

हकप्रद निष्काशनको लागि ग्लोबल आईएमइ लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी ५४ करोड रहेको छ। ८० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी ९७ करोड २० लाख पुग्ने छ । कम्पनीले बोनस वितरण गरेर १ अर्ब चुक्ता पुंजी पुर्याउने छ  । 

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ५५ लाख खुद नाफा गरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved