आईपिओ निष्काशनको एक महिना मै आरम्भको कारोबार सुरु, हेर्नुस कति तोकियो सुरुवाती रेन्ज

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 29, 2018 | 09:57:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज बुधबारदेखि आरम्भ माइक्रो फाइनान्सको कारोबार सुचारु भएको छ  । कम्पनीको शेयर AMFI कोडबाट कारोबार हुने भएको छ । नेप्सेले पहिलो कारोबारको लागि ८१.८४ देखि २४५.५२ सम्मको रेन्ज निर्धारण गरेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणा सम्मको रेन्ज तोक्ने गरेको छ । कम्पनीको ६ लाख कित्ता शेयर गत साता नेप्सेमा सुचिकृत भएको थियो । 

आरम्भ माइक्रोफाइनान्सले गत फागुन १५ गतेदेखि फागुन २१ सम्म कुल २ लाख ९४ हजार कित्ता आइपीओ बिक्रि गरेको थियो। जस मध्ये सर्वसाधारणलाई २ लाख ७० हजार ४८० कित्ता छुट्याइएको थियो।

कम्पनीको आईपिओ निष्काशन बन्द भएको दुई दिन मै अर्थात् फागुन २३ गते बाँडफांड भएको थियो  । बाँडफांड भएको २ साता मै कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको थियो ।

कम्पनीको आईपिओ निष्काशनक भएको १ महिना भित्रै शेयर कारोबार सुचारु भएको हो  । 

सिडीएससीले आरम्भ माइक्रोफाइनान्सको आईपिओबाट सी आश्वाको सफल कार्यन्वयन गरेको थियो। सी आश्वाको कारण नै कम्पनीको शेयर छिटो कारोबार सम्भव भएको हो । 

आइपीओ बिक्रि तथा वितरण पश्चात आरम्भको चुक्ता पुंजी ३ करोड ८५ लाखबाट ५ करोड पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved