अन्तिम १० मिनेटमा शेयरबजारमा देखियो यस्तो 'युटर्न', आगामी कारोबारलाई शुभ संकेत !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 29, 2018 | 03:50:49 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि दिन यता निरन्तर ओरालो लागेको शेयरबजार पछिल्लो दुई दिन सकरात्मक बन्दा लगानीकर्तालाई राहत मिलेको छ। तिब्र उतार चढाबका बीच मंगलबारको कारोबारबाट बाउन्स ब्याक भएको शेयरबजारले साताको अन्तिम दिन बिहिबार पनि निरन्तरता पाएको छ। 

बिहिबारको कारोबारमा नेप्से परिसूचक १५।४८ अंकले बढेर १२२० को बिन्दुमा उक्लिदा लगानीकर्तामा पनि संयमता देखिएको छ। अर्थमन्त्री युवराज खतिवडालाई देखाएर बजारमा चलखेल बढ्दा आत्तिएका लगानीकर्तामा बिहिबारको कारोबारमा केहि संयमता देखिएको छ। 

बिहिबार परिसूचक करिब १६ अंकले बढेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। शेयर होल्ड गर्ने लगानीकर्ता हाबी हुँदा बिहिबार १६४ कम्पनिका १४ लाख २७ हजार शेयर खरिद बिक्रिबाट ३८ करोड ७१ लाखको शेयर कारोबार भएको छ। जसमा सबै भन्दा बढी नबिल बैंकको १ करोड ८३ लाखको शेयर कारोबार भएको छ। 

त्यस्तै बिहिबारको कारोबारमा राधि बिद्युत कम्पनिका सेयरधनिले सबै भन्दा बढी कमाएका छन भने काबेली विकास बैंकका लगानीकर्ताले धेरै गुमाएका छन। 

कारोबारको अन्तिम १० मिनेटमा नेप्से परिसूचक तिब्र रुपमा माथि उक्लिनु र त्यहि समयमा झनै ५ करोडको सेयर खरिद हुनुले शेयरबजार सकारात्मक दिशातर्फ लम्किएको संकेत गरेको छ। घटेको बजारमा मौका हेरेका ठुला लगानीकर्ताले कारोबारको अन्तिम १० मिनेटमा करिब ५ करोडको शेयर उठाउनुले बिक्रेता हाबी भएको संकेत दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved