'अबैध' आबेदनलाई दिईयो बुटवल पावरको एफपीओ, कम्पनिको 'बठ्याई' बारे के भन्छ धितोपत्र बोर्ड ?

'बाँडफाँड भएको शेयर फिर्ता गर्नु पर्ने हुन सक्छ'
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 29, 2018 | 04:51:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनि लिमिटेडको एफपीओ 'अबैध' आबेदनलाई पनि बाँडफांड गरिएको भेटिएको छ। बुटवल पावरको आफ्नै कार्यालयमा भएको  ४० लाख ८१ हजार कित्ता शेयर बाँडफांडमा एक कम्पनिलाई 'अबैध' प्रक्रियाबाट एफपीओ बाँडफाँड गरिएको तथ्य बिजपाटिलाई फेला परेको हो। 

४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओमा परेको ८५ हजार ६ सय १४ आवेदन मध्ये ८४ हजार ८ सय ४ योग्य रहेको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। सबै योग्य आवेदकले माग गरेकै बराबर शेयर पाएका छन। बाँकी १२ लाख २१ हजार ८ सय ३० कित्ता भने अन्डरराइट गर्ने कम्पनीहरु (सेयर प्रत्याभूतिकर्ता)ले लिएका छन् ।  

बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले सबै योग्य आबेदकलाई एफपीओ वितरण गरिएको दाबि गरीएपनि प्रक्रियागत रुपमा अबैध आबेदनलाई समेत योग्य बनाइएको तथ्य फेला परेको छ। क्यापिटलले हिमालयन जेनेरल इन्स्योरेन्सको 'अबैध' आबेदनलाई समेत एफपीओ बाँडबाँडमा समावेश गरेको छ।      

कसरि भयो अबैध आबेदन ?

सार्वजनिक निष्काशनको शेयरमा एकै व्यक्ति वा संस्थाले एक भन्दा बढी डिम्याट नम्बर प्रयोग गरि दोहोरो आबेदन दिएमा त्यसलाई अबैध मानिन्छ। तर हिमालयन जेनेरल इन्स्योरेन्सको हकमा भने उक्त नियम लागू नभएको पाइएको छ। 

बुटवल पावरको एफपीओमा हिमालयन जेनेरल इन्स्योरेन्सले १३०१४८०००००२३५९७ नम्बरको डिम्याटबाट १० हजार कित्ताको लागि आवेदन दिएको छ भने कम्पनीले १३०१४१०००००१५६११ को डिम्याटबाट ६ सय कित्ताको लागि आवेदन दिएको छ। यसमा कम्पनीको नाम हिमालयन जनरल इन्स्योरेन्स कम्पनी मात्र उल्लेख छ अर्थात् यसमा लिमिटेड छैन।

यसरि एकै कम्पनीले यसरी २ वटा आवेदन दिएको खण्डमा दुई वटै आवेदन रद्द हुनु पर्ने हो । तर दुवै आवेदनलाई शेयर बाँडफांड भएको छ। बिक्रि प्रबन्धकले आवेदन रुजु गर्न लामो समय खर्चने गरेका छन। तर लामो समय खर्चेर पनि क्यापिटलले यस्तो गल्ती गर्नुलाई आश्चर्यको रुपमा लिइएको छ।

कम्पनीले २ फरक फरक डिम्याट २ पटक आवेदन दिएको भेटिएको छ। एकै व्यक्तिले एक भन्दा बढी आवेदन दिए त्यो आवेदन स्वत् रद्द हुनु पर्छ अर्थात् त्यो आवेदन अबैध हो। तर रोचक के छ भने बिक्रि प्रबन्धकले त्यसलाई योग्य मानेर दुवैलाई शेयर वितरण गरेको छ। 

के भन्छ बिक्रि प्रबन्धक एनएमबि क्यापिटल ?

क्यापिटलले हजारौ आवेदन हुने र हरेकको नाम रुजु गर्न नसकिने भन्दै पन्छिन खोजेको छ। क्यापिटलकी प्रबक्ता स्मृति महर्जनले आफुहरुले डिम्याट नम्बर युनिक हुने सबैलाई शेयर बाँडफांड गर्ने बताईंन । उनले भनिन 'एकै नाम भएको धेरै आवेदन हुन् सक्छन, हामीले डिम्याट नम्बर हेर्छौ, र डिम्याट नम्बर युनिक भए त्यस आवेदकलाई योग्य मान्छौ'। डिम्याट योग्य छ छैन भन्ने पनि सिस्टमले हेर्ने भएकाले कसको नाममा २ वटा आवेदन परेको छ भनेर हेर्न सम्भव नहुने उनले जिकिर गरिन । यद्यपि यस्तो जानाजान नभएको उनको दाबि छ। 

यसो भन्छन सिडिएसीका सीईओ देव प्रकाश गुप्ता  

उता सिडिएसीका सीईओ देव प्रकाश गुप्ता भने यस्तै कमी कमजोरी नहोस भनेर सिआश्वा कार्यन्वयनमा ल्याएको बताउछन् । सी आश्वामा यस्तो समस्या नै नआउने र एकै व्यक्ति वा संस्थाले दोस्रो पटक आवेदन दिन खोजे , आवेदन नै दिन नमिल्ने उनको भनाई छ।

बाँडफाँड भएको शेयर फिर्ता गर्नु पर्ने हुन सक्छ: धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले भने यो गलत भएको ठहर गरेको छ। बोर्डका सहायक प्रबक्ता निरंजय घिमिरेले बिजपाटिलाई भने 'एकै व्यक्ति वा संस्थाले एकै कम्पनीको सार्बजनिक निष्काशनमा २ पटक आवेदन दिएको खण्डमा दुवै आवेदन रद्द हुनु पर्छ' उनले के कारणले यस्तो भयो , यस बारेमा अनुसन्धान गर्ने प्रतिबद्दता जनाए । 

उनले भने 'कहिले काहीं मानवीय त्रुटीले यस्तो हुन् सक्छ , जानी जानी गरेको होस् या अन्जान मै भएको यो दुवै आवेदन रद्द हुनु पर्थ्यो' । अब कम्पनीले पाएको शेयर फिर्ता गराउनु पर्ने पनि उनले बताए।

यसबारे हिमालयन जेनेरल इन्स्योरेन्सको धारणा लिनका लागि कम्पनिका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यलाई सम्पर्क गर्ने प्रयास असफल भएको छ। एफपीओ मुल्य भन्दा बजार मुल्य सस्तो भएकाले कम्पनिले जानाजान दोहोरो आबेदन गरेको आशंका समेत गरिएको छ। 

कम्पनीले माघ १५ गतेदेखि फागुन १५ गतेसम्म प्रति कित्ता १ सय अंकित मुल्यमा ४०१  प्रिमियम थप गरि प्रति कित्ता ५०१ रुपैयाँका दरले एफपीओं निष्काशन गरेको थियो। सर्वसाधारण लगानीकर्ताबाट माग अनुसार पर्याप्त आबेदन नपरेपछि माघ २६ गतेदेखि संस्थागत लगानीकर्तालाई समेत आबेदन खुला गरिएको थियो ।       

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ८६ करोड छ।

यस अवधिमा कम्पनिको प्रति शेयर आम्दानि ३३ रुपैयाँ ९ पैसा, प्रति शेयर नेटवर्थ २५८ रुपैयाँ २१ पैसा र मुल्य आम्दानिको अनुपात २१ दशमलब ४८ गुणा रहेको छ। दोस्रो बजारमा कम्पनी शेयर मूल्य भने एफपिओ बिक्रि गरिएको मूल्य भन्दा तल झरेको छ ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved