सूर्योदय लघुवित्तको हकप्रद भर्नुभयो ? यस्तो छ कम्पनीले जारि गरेको सूचना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 30, 2018 | 09:21:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्योदय लघुवित्त वित्तीय संस्थाले फागुन २५ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ ।

कम्पनीले १:०.७० को अनुपातमा ७० प्रतिशत हकप्रद बिक्रि गरेको हो ।   कम्पनीले २ करोड ८० लाखको २ लाख ८० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ  । 

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २६ गते बुक क्लोज मिति तय गरेकोले माघ २५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले चैत्र २९ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमल, सुर्योदय लघुवित्तका शाखाहरु तथा सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत हकप्रद भर्न सक्ने छन् ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट १९ प्रतिशत बोनस घोषणा गरेको छ  ।  बोनस र हकप्रदपछि कम्पनीको  चुक्ता पुंजी  ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

 लघुवित्तले गत आर्थिक बर्ष २ करोड ३७ लाख रुपैया खुद मुनाफा आर्जन गरेको थियो। स्याङजा सदरमुकाममा प्रधान कार्यालय रहेको लघुवित्तले १० जिल्लामा ३० शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दे आईरहेको छ ।  

यस्तो छ कम्पनीले जारी गरेको सूचना ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved