नेपाल इन्स्योरेन्स कम्पनीले बैशाख ५ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 01, 2018 | 09:13:29 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ५ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । बोर्डले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनगर्न लागेको हो  । 

कम्पनीको भदौ ३० मा बसेको साधारणसभाले हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो  । अब कम्पनीले ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  । हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  लगानीकर्ताले जेठ ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले एनआईबिएल एस क्यापिटलको कार्यालय लालदरबार, काठमाडौँ, लगनखेल, ललितपुर तथा पोखराको चिप्लेढुंगा कार्यालयबाट आवेदन दिन सक्ने छन् । साथै नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय तथा आश्वामा आबद्द  बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुंजी ३० करोड १९ लाख ८८ हजार रहेको छ  । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी ६० करोड ३९ लाख ७७ हजार पुग्ने छ  ।  कम्पनीले हाल कायम चुक्ता पुंजीको ४.५२ प्रतिसत बोनस प्रस्ताव गरेको छ । तर हकप्रद बिक्रि वितरण पश्चात कायम हुने पुंजीलाई समेत आधार मान्दा बोनस प्रतिशत २.२६ हुने छ   ।  २.२६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी  ६१ करोड ७६ लाख ३८ हजार पुग्ने छ । 

 सबै निर्जीवन बिमा कम्पनीले आगामी असार मसान्तसम्म १ अर्ब चुक्ता पुंजी पुर्याउनु पर्ने हुन्छ  ।  

कम्पनीले चालु आर्थिक बर्षी पहिलो त्रैमासमा २ करोड ६५ लाख खुद नाफा कमाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved