साञ्जेन र रसुवागढीको आईपिओ आज बाँडफांड हुदै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 01, 2018 | 12:40:16 PM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे हाइड्रोपावरका २ सहायक कम्पनी साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफांड हुँदै छ । चिलिमे हाइड्रोको कार्यालयमा आज आईपिओ बाँडफांड हुन् लागेको हो । रसुवागढीको आइपिओको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र साञ्जेनको नागरिक लगानी कोष रहेका छन् ।

गोलाप्रथाबाटै बाँडफाँड हुन लागेको हो  ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने कर्मचारीका लागि साञ्जेनले ७१ लाख १७ हजार ५ सय कित्ता र रसुवागढीले १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर फागुन १३ गतेदेखी ३० गतेसम्म विक्री गरेको थियो । त्यस्तै दोस्रो चरणमा चैत ५ गतेदेखि ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका र संस्थापक सङ्गठित सस्थाका कर्मचारीहरुका लागि दुबै कम्पनीले आइपिओ जारी गरेका थिए ।

रसुवागढीले कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई ६ लाख ८४ हजार २ सय १० कित्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीहरुलाई २३ लाख ९४ हजार ७ सय ३५ कित्ता आइपीओ जारी गरेको थियो ।

त्यस्तै साञ्जेनले कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई ३ लाख ६५ हजार कित्ता र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुका लागि १२ लाख ७७ हजार ५ सय कित्ता साधारण शेयर जारी गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved