जनता बैंकको बोनस पाउन कर तिर्नु पर्ने, हेर्नुस कहाँ र कसरि तिर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 01, 2018 | 01:19:27 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकको बोनस पाउन कर तिर्नु पर्ने भएको छ ।  बैंकको ८ औ साधारणसभाले १४.४ प्रतिशत बोनस सेयर प्रस्ताब पारित गरेको थियो । तर बैंकले बोनस सेयर बापत लाग्ने कर प्रयोजनको रकम छुट्याएको थिएन । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने उदेश्यले कुनै पनि संस्थाले मर्जर तथा प्राप्ति गरेको दुई बर्षसम्म बोनस सेयर बापत लाग्ने करमा छुट नलाग्ने ब्यबस्था गरेको छ । सोहि अनुसार जनता बैंकले २०७४ असार ३० मा साबिकको सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेकाले असार ३० सम्म कायम शेयरधनीहरुले बोनस सेयर बापत कर तिर्नु पर्दैन। तर असार ३० पछि जनता बैंकको शेयर खरिद गर्नेहरुले जनता बैंकले घोषणा गरेको बोनस शेयर प्राप्तिका लागि बोनस बापत लाग्ने कर तिर्नु पर्ने भएको छ ।

बैंकले असर ३० गतेपछि शेयर किनेका लगानीकर्ताहरुलाई करमा लाग्ने रकम जम्मा गर्न आग्रह गरेको छ । बैंकले जनता बैंकको जुन सुकै शाखाबाट खाता नम्बर २३६००००१९ मा रकम जम्मा गर्न आग्रह गरेको छ । त्यस्तै बैंकको शेयर रजिस्ट्रार काठमाडौँ क्यापिटल मार्केट लिमिटेडको नाममा ज्योति विकास बैंकमा रहेको खाता नम्बर ००१०००००९०४५८०००००१ मा जाम गरी सो को भौचर क्यापिटलमा पेश गर्न सक्ने छन । 

करको रकम जामा गर्नु नपर्ने लगानीकर्ताको  बोनस शेयर भने सिडीएसमा सुचिकृत भएपछि डिम्याट खातामा पठाइने बैंकले जनाएको छ । 

१४.४ प्रतिशत बोनसपछि जनता बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड पुगेको छ। यससंगै साबिकको त्रिबेणी र सिद्दार्थ डेभलपमेन्ट बैंकलाई क्रमश मर्ज र प्राप्ति गरेको जनता बैंकले राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुंजीको मापदण्ड पुरा गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved