यसरी भयो साञ्जेन र रसुवागढीको आईपिओ बाँडफांड, हेर्नुस कसले कति पाए ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 01, 2018 | 03:01:14 PM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे हाइड्रोपावरका २ सहायक कम्पनी साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफांड भएको छ । चिलिमे हाइड्रोको कार्यालयमा आज आईपिओ बाँडफांड भएको हो । रसुवागढीको आइपिओको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र साञ्जेनको बिक्रि प्रबन्धक नागरिक लगानी कोषले आज गोलाप्रथाबाटै आईपिओ बाँडफाँड गरेका हुन् ।

कसले कति पाए ?

सान्जेन तर्फ :

५० देखि १४० कित्तासम्म माग गर्ने  संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारी माग अनुसार नै शेयर पाएका छन्।  १५० देखि ३०० कित्तासम्म माग गर्नेले १४० कित्ता सेयर पाएका छन् । बाँकि रहेको  २७ हजार ४६० कित्ता गोलाप्रथाबाट  २ हजार ७४६ जनालाई १० कित्ता थपिएको छ । १५० देखि ३०० कित्तासम्म सेयर माग गर्नेलाई यो अन्तिम चरणको शेयर थप गरिएको हो  ।

सान्जेंनको संचयकर्तातर्फ :  कुल १ लाख ८५ हजार ३५ जना सञ्चयकर्ताको आवेदन स्वीकृत भएको छ । सबैले ३० कित्ताको दरले सेयर पाएका छन् । बाकी रहेको सेयर फेरि गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख ५६ हजार ६ सय ४५ जनाले १० कित्ता थप शेयर पाएका छन ।

रसुवागढीतर्फ : रसुवागढीले खुला गरेको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरमा १ लाख ८७ हजार ८७८ जनाको आवेदन स्वीकृत भएको छ । जस मध्ये ५० देखि ७० कित्तासम्म सेयर माग गर्नेले माग गरे अनुसार नै शेयर पाएका छन् । ७० देखि ५ सय कित्ताको लागि आवेदन दिनेले ७० कित्ता शेयर पाएका छन् । बाँडफाँट गर्दा बाँकी रहेको ६ लाख ८० हजार १८५ कित्ता सेयर गोलाप्रथाबाट ८० कित्ता वा बढी माग गर्नेले  १० कित्ता थप शेयर पाएका छन । त्यसपछि बाँकि रहेको ५ कित्ता शेयर ८० देखि ५ सय कित्ता माग गर्ने मध्ये ५ जनालाई १-१ कित्ता थप गरि बाँडफाड गरिएको छ ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने कर्मचारीका लागि साञ्जेनले ७१ लाख १७ हजार ५ सय कित्ता र रसुवागढीले १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर फागुन १३ गतेदेखी ३० गतेसम्म विक्री गरेको थियो । त्यस्तै दोस्रो चरणमा चैत ५ गतेदेखि ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका र संस्थापक सङ्गठित सस्थाका कर्मचारीहरुका लागि दुबै कम्पनीले आइपिओ जारी गरेका थिए ।

रसुवागढीले कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई ६ लाख ८४ हजार २ सय १० कित्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीहरुलाई २३ लाख ९४ हजार ७ सय ३५ कित्ता आइपीओ जारी गरेको थियो ।

त्यस्तै साञ्जेनले कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई ३ लाख ६५ हजार कित्ता र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुका लागि १२ लाख ७७ हजार ५ सय कित्ता साधारण शेयर जारी गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved