रसुवागढी हाइड्रोपावरका २ लाख आवेदक मध्ये कसलाई कति पर्यो आईपिओ ? (नतिजा सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 01, 2018 | 05:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफांड भएको छ।कम्पनीले सञ्चयकोषका सञ्चयकर्ताको लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । 

आईपिओमा १ लाख ८७ हजार ८७८ जनाको आवेदन स्वीकृत भएको छ । 


आईपिओमा ५० देखि ७० कित्तासम्म सेयर माग गरेका सञ्चयकोषका सञ्चयकर्ताले माग अनुसार नै सेयर प्राप्त गरेका छन् ।  ७० देखि ५ सय कित्ताको लागि आवेदन दिनेले ७० कित्ता शेयर पाएका छन् । बाँडफाँट गर्दा बाँकी रहेको ६ लाख ८० हजार १८५ कित्ता सेयर गोलाप्रथाबाट ८० कित्ता वा बढी माग गर्नेले  १० कित्ता थप शेयर पाएका छन । त्यसपछि बाँकि रहेको ५ कित्ता शेयर ८० देखि ५ सय कित्ता माग गर्ने मध्ये ५ जनालाई १-१ कित्ता थप गरि बाँडफाड गरिएको छ ।

त्यस्तै संस्थापक कम्पनीका कर्मचारीतर्फ ८ हजार ९ सय ६४ आवेदन योग्य भएको छ । जस मध्ये २ सय ५० कित्तासम्म आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन् । २ सय ७० देखि ५०० कित्ताको लागि आवेदन दिनेले २ सय ६० कित्ता शेयर पाएका छन् ।  

कसरी हेर्ने नतिजा ? 

आइपीओको नतिजा  बिजपाटि डटकममा प्रकाशित भएको छ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर तनिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ रसुवागढीको  संचयकोषको कर्मचारी  र संस्थापकका कर्मचारीको छुट्टाछुट्टै शिर्षक छ । आफुलाई चाहिने शिर्षक छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ।  

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved