कसलाई कति पर्यो सान्जेन जलविद्युतको आईपिओ ? हेर्नुस नतिजा सहित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 01, 2018 | 06:31:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफांड भएको छ।  सञ्चयकोषका सञ्चयकर्ताको लागि कम्पनीले ७१ लाख १७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जस मध्ये ५० देखि ३ सयसम्मको लागि आवेदन दिएका १ लाख ८५ हजार ३५ जना सञ्चयकोषका सञ्चयकर्ताले समान ३० कित्ता पाएका छन् । बाँकि रहेको १५ लाख ६६ हजार ४ सय ५० कित्ता फेरी बाँडफाद गर्दा १ लाख ५६ हजार ६ सय ४५ जनाले थप १० कित्ता पाएका छन्  । 

त्यस्तै संस्थापक कम्पनीका कर्मचारीतर्फ १ सय ४० कित्ता सम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन्  । १ सय ५० देखि ३ सय कित्ताको लागि आवेदन दिनेले समान १ सय ४० कित्ता पाएका छन्  । बाँकि रहेको २७ हजार ४ सय ६० कित्ता फेरी बाँडफांड गर्दा २ हजार ७ सय ४६ जनाले थप १० कित्ता पाएका छन्  ।  

कसरी हेर्ने नतिजा ? 

आइपीओको नतिजा  बिजपाटि डटकममा प्रकाशित भएको छ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर नतिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ सान्जेंन जलविद्युतको  संचयकोषको कर्मचारी  र संस्थापकका कर्मचारीको छुट्टाछुट्टै शिर्षक छ । आफुलाई चाहिने शिर्षक छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ।  

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved