रसुवागढी र साञ्जेनको आईपिओ तपाईलाई कति पर्यो ? बिजपाटीमा नतिजा चेक गर्नुहोस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 02, 2018 | 09:13:33 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफांड भएको छ। दुवै कम्पनिले सञ्चयकोषका सञ्चयकर्ताको लागि आइपीओ निष्काशन गरेका थिए। 

रसुवागढी हाइड्रोपावर

रसुवागढी हाइड्रोले सञ्चयकोषका सञ्चयकर्ताको लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । आईपिओमा १ लाख ८७ हजार ८७८ जनाको आवेदन स्वीकृत भएको छ । 

आईपिओमा ५० देखि ७० कित्तासम्म सेयर माग गरेका सञ्चयकोषका सञ्चयकर्ताले माग अनुसार नै सेयर प्राप्त गरेका छन् ।  ७० देखि ५ सय कित्ताको लागि आवेदन दिनेले ७० कित्ता शेयर पाएका छन् । बाँडफाँट गर्दा बाँकी रहेको ६ लाख ८० हजार १८५ कित्ता सेयर गोलाप्रथाबाट ८० कित्ता वा बढी माग गर्नेले  १० कित्ता थप शेयर पाएका छन । त्यसपछि बाँकि रहेको ५ कित्ता शेयर ८० देखि ५ सय कित्ता माग गर्ने मध्ये ५ जनालाई १-१ कित्ता थप गरि बाँडफाड गरिएको छ ।

त्यस्तै संस्थापक कम्पनीका कर्मचारीतर्फ ८ हजार ९ सय ६४ आवेदन योग्य भएको छ । जस मध्ये २ सय ५० कित्तासम्म आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन् । २ सय ७० देखि ५०० कित्ताको लागि आवेदन दिनेले २ सय ६० कित्ता शेयर पाएका छन्।

सान्जेन जलविद्यु कम्पनि लिमिटेड

सान्जेन जलबिद्युतले सञ्चयकोषका सञ्चयकर्ताको लागि कम्पनीले ७१ लाख १७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जस मध्ये ५० देखि ३ सयसम्मको लागि आवेदन दिएका १ लाख ८५ हजार ३५ जना सञ्चयकोषका सञ्चयकर्ताले समान ३० कित्ता पाएका छन् । बाँकि रहेको १५ लाख ६६ हजार ४ सय ५० कित्ता फेरी बाँडफाद गर्दा १ लाख ५६ हजार ६ सय ४५ जनाले थप १० कित्ता पाएका छन्  । 

त्यस्तै संस्थापक कम्पनीका कर्मचारीतर्फ १ सय ४० कित्ता सम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन्  । १ सय ५० देखि ३ सय कित्ताको लागि आवेदन दिनेले समान १ सय ४० कित्ता पाएका छन्  । बाँकि रहेको २७ हजार ४ सय ६० कित्ता फेरी बाँडफांड गर्दा २ हजार ७ सय ४६ जनाले थप १० कित्ता पाएका छन्  ।        

कसरी हेर्ने नतिजा ? 

आइपीओको नतिजा  बिजपाटि डटकममा प्रकाशित भएको छ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर नतिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ सान्जेंन जलविद्युत र रसुवागढी हाइड्रोको संचयकोषको कर्मचारी र संस्थापकका कर्मचारीको छुट्टाछुट्टै शिर्षक छ। आफुलाई चाहिने शिर्षक छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ।  

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved