कुमारी बैंकले पायो हकप्रद निष्काशनको अनुमति, ८ अर्ब पुंजी पुर्याउन कति दिनुपर्छ बोनस?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 02, 2018 | 04:45:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १० बराबर २ कित्ता अर्थात २० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने अनुमति दिएको हो ।  अब बैंकले  प्रति कित्ता एक सय रुपैयाँका दरले १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार ९ सय ९१ दशमलव ६५ कित्ता हकप्रद बिक्रि गर्ने छ। 

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ। बैंकले राष्ट्र बैंकले तोेकेको चुक्ता पुँजी पुर्याउनकै लागि काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली र काँक्रेविहार विकास बैंकलाई एक्वायर गरेर गत असार १२ गतेदेखि एकीकृत कारोबार गरेको छ। 

एकीकृत कारोबार पश्चात चुक्ता पुंजी ५ अर्ब ९६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले हकप्रदको सहारा लिएको हो।  बैंकले एकीकृत कारोबार पश्चात कायम चुक्ता पुंजीबाट २० प्रतिशत अर्थात एक अर्ब उन्नाइस करोड बराबरको हकप्रद निष्काशन गर्न लागेको हो।

हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब १५ करोड पुग्ने छ। बाँकी अपुग पुंजी बैंकले बोनस मार्फत पुर्याउने देखिएको छ। बैंकले गत आर्थिक बर्ष ७० करोड ३ लाख खुद मुनाफा गरेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट बितरण गर्ने लाभांश घोषणा गर्न बाँकी नै छ। ८ अर्ब चुक्ता पुंजी पुर्याउन बैंकले कम्तिमा पनि १२ प्रतिशत बोनस शेयर दिनुपर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved