गैरकानुनी ढंगवाट खुलेका शेयरमा लगानी नगर्न बोर्डको सुझाव, कम्पनीहरुलाई दियो यस्तो निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 02, 2018 | 05:11:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कतिपय जलविद्युत कम्पनीहरुले बोर्डमा दर्ता नगरी शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशित गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने स्पष्ट व्यवस्था रहेकोले त्यस्ता जलविद्युत कम्पनीहरुको कदम गैर कानुनी भएको बोर्डले जनाएको छ ।

बोर्डले  यसरी धितोपत्र सम्वन्धी प्रचलित कानुन बमोजिमको प्रक्रिया पुरा नगरी सर्वसाधारण समक्ष धितोपत्र विक्री गर्ने कार्य गैरकानुनी भएकोले वोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र धितोपत्रको सार्वजनिक निष्काशन गर्न सम्वन्धित सम्पूर्ण सगठित संस्थाहरुलाई सूचित समेत गरेको छ । साथै यसरी गैरकानुनी ढंगवाट सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरुमा लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले यस्ता धितोपत्रहरुमा लगानी नगर्न नगराउनको लागि लगानीकर्तालाई बोर्डले सर्तक गराएको छ ।

वोर्डले विगतमा यस्ता गैर कानुनी ढंगवाट सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न लागेका संगठित संस्थाहरुलाई धितोपत्र निष्काशन गर्न रोक लगाएको र लगानीकर्ताहरुलाई समेत सर्तक गराएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved