'श्वेतपत्रबाट निराश हुनु पर्दैन, यो सजगतापत्र हो, संकल्पपत्र हो' : प्रधानमन्त्री ओली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 03, 2018 | 02:48:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीले केहि दिन अघि संसदमा पेश गरेको श्वेतपत्रलाई सजगता पत्रको रुपमा लिनु पर्ने बताएका छन्  । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्थमन्त्रीद्वारा पेश गरिएको श्वेतपत्र देशको यथार्थ चित्रण भएको स्पस्ट पारेका हुन्  । उनले यसबाट निराश नहुन पनि आग्रह गरेका छन्  । 

बैठकलाई सम्बोधन गर्दै उनले भने 'यो सजगतापत्र हो, संकल्पपत्र हो, यसले देशको यथार्थ चित्रण गरेको छ, हामी अप्ठेरो स्थितिमा छौ भन्ने देखाएको छ, अब यसैलाई टेकेर सहज बाटोतर्फ अगाडी लाग्नु पर्छ  । 

साथै उनले यो निराशापत्र नभएको स्पस्ट पार्दै आगामी दिनमा अर्थतन्त्रमा सुधार आउने दाबी गरे  । उनले भने 'अबको दिनमा आउने श्वेतपत्रले अर्थतन्त्रलको नाजुक अवस्था देखाउने छैन, हामी संग पर्याप्त प्राकृतिक श्रोत साधन छ, ठुलो युवा जनशक्ति छ, जनता आशावादी छन्, विकास गर्न सकिन्छ, सम्भव छ' । 

उनले बिदेशिएका युवा जनशक्तिलाई लक्षित गर्दै आकर्षक रोजगारी सिर्जना गर्ने पनि बताए  । उनले भने 'यो सरकारले विकास गर्छ, भ्रष्ट्राचार रोक्छ, सरकार प्रतिबद्द छ, सबै जनताको बिश्वास छ'  । 

साथै उनले उपलब्ध साधन श्रोतले भ्याएसम्म कुनै बिलम्ब नगरी तिनीहरुको सदुपयोग गरि विकासको बाटोमा अगाडी बढ्ने बिश्वास दिलाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved