श्वेतपत्रले निजीकरणलाई रोक्न वा बन्द अर्थतन्त्र ल्याउन खोजेको होइन्: मन्त्री खतिवडा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 03, 2018 | 03:02:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्वीर रहेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर डा खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल दिन थालेको र स्थिरता हुँदै समृद्धिको यात्रा अघि बढेको पनि श्वेतपत्रमा उल्लेख भएकाले समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रबारे आफूले सदनलाई श्वेतपत्रमार्फत जानकारी गराएको बताए   । 

उनले राज्यको सम्पत्ति कुनै व्यक्तिको हातमा नजाओस् भन्नेमा सरकार सचेत छ भन्दै यसको अर्थ निजीकरणलाई रोक्न वा बन्द अर्थतन्त्र ल्याउन खोजिएको भन्ने नबुझ्न आग्रह गरे   । उनले भने, “निरपेक्ष उदारीकरणले हामीलाई सीमान्तकृतमा पनि पार्न सक्छ भन्ने विश्व अर्थतन्त्रले देखाइसकेको छ, हामी विश्वव्यापी खुला अर्थतन्त्रलाई राष्ट्रिय हितमा प्रयोग गरेर अघि बढ्ने सोचमा छौँ ।”  

साथै उनले श्वेतपत्रमा कुनै पार्टी विशेषलाई लक्षित नगरिएको बताउँदै एउटा कालखण्डको समिक्षा गर्न खोजिएको बताए। उनले कोषमा भएको रकमलाई हेरेर मात्र सहज आर्थिक अवस्थामा छौं भन्न नमिल्ने दाबी गरे । बजेटको स्थितिबारे सांसदहरु जानकार हुनुपर्ने भन्दै उनले अहिले केही बचत देखिए पनि आर्थिक वर्षको अन्त्यमा स्थिति भयावह हुने आँकलन गरिएको बताए ।

उनले समाजिक सुरक्षाका कुराहरु संसदलाई जानकारी गराएर गराउँदा राम्रो हुने बताए। छोटो बाटो खोज्दा राम्रा कुरा पनि विवादमा पर्ने तर्फ उनले सचेत गराए  । 

उनले सरकार समस्या समाधान नगरि उम्कने स्थान नरहेको पनि स्पष्ट पारे। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved