वाणिज्य बैंकहरुले विदेशी मुद्रामा ऋण लिन पाउने बाटो खुला, यी ११ शर्त पुरा गर्नु पर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 03, 2018 | 05:05:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अब वाणिज्य बैंकहरुले परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने भएका छन्  । नेपाल राष्ट्र बैंकले  विदेशी विनिमय ऐन २०१९ को दफा खले दिएको अधिकार प्रयोग गरी बाणिज्य बैंकहरुलाई विभिन्न ११ शर्तसहित विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था गरेको हो ।

के के छन् शर्त ?

वाणिज्य बैंकहरुले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत रकमसम्म मात्र यस्तो ऋण लिन सक्ने छन् । तर वाणिज्य बैंकहरुले यसरी लिएको ऋण रकम  जग्गा, हाउजंग र रियल स्टेटमा भने लगानी गर्न पाउने छैनन्  । बैंकहरुले यस्तो ऋण  भौतिक पूर्वाधार, पर्यटन, कृषि, जलविद्युत तथा लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने वित्तीय साधानको प्रबन्धका लागि प्रयोग गर्न पाउनेछन् ।  बैंकहरुले यस्तो ऋण एक बर्षदेखि पाँच बर्षसम्मका लागि लिन पाउनेछन् । 

संचालक समितिबाट निर्णय भई राष्ट्र बैंकले तोकेको पूँजी कोष कायम भएका बैंकहरुले मात्र यस्तो ऋण लिन पाउने छन ।  बैंकहरुले अन्तराष्ट्रिय रुपमा वित्तीय कारोबार गर्न कुनै बन्देज नलगाइएको वित्तीय संस्थाबाट मात्र ऋण लिनु पर्नेछ ।

विदेशबाट ऋण लिने वाणिज्य बैंकहरुले ऋण लिए बापत विदेशी बैंक तथा वित्तीय संस्थालाई कुनै किसिमको धितो, जमानत तथा बैंक ग्यारेन्टी दिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

विदेश बाट ल्याइएको ऋण रकम परिवत्र्य मुद्राको अन्तर बैंक कारोबारमा प्रयोग गर्न पाइने छैन । यस्तो ऋण लिदा पूर्व स्वीकृति, लेखाकंन तथा साँवा ब्याज भुक्तानी गरे पश्चात सोको जानकारी केन्द्रीय बैंकमा गराउनुपर्नेछ ।

यस्ता छन् अन्य शर्तहरु : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved