श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सले २ लाख कित्ता शेयर पुन लिलाम गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 04, 2018 | 08:36:39 AM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले यस अघि लिलाम गर्दा बिक्रि नभएको संस्थापक शेयरहरु पुन लिलाम गर्ने भएको छ। कम्पनीको २ लाख ७७ हजार ९ सय ९६ दशमलव ५३ कित्ता शेयर संस्थापक शेयर पहिलो पटकको लिलाममा बिक्रि हुन् सकेको थिएँन । अब कम्पनी ति शेयर जो कोहि व्यक्ति संस्थाले खरिद गर्न पाउने गरि लिलाम गर्न लागेको हो । 

 इच्छुक बोलकबोलदाताले न्युनतम मूल्य १०० भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ । साथै न्युनतम १०० कित्ता कायम हुने गरी र त्यस भन्दा माथि १० ले भाग जाने संख्याको लागि आवेदन पेश गर्न सकिने बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ । चैत्र २८ गतेदेखि बैशाख ५ गतेदेखि आवेदन दिन सकिने छ  । आवेदन फारम लिन र बुझाउनको लागि उपत्यका भित्र सिद्दार्थ क्यापिटलको कार्यालय नक्साल र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स  कम्पनीको कार्यालय डिल्लीबजार , बिराटनगर, भैरहवा, काठमाडौँ तोकिएका छन् ।

त्यस्तै उपत्यका बाहिर सिद्दार्थ बैंकको बिराटनगर, बुटवल, सुर्खेत, बिरगंज, नेपालगंज, पोखरा र धनगढी शाखाहरुबाट आवेदन फारम लिन र बुझाउन सकिने छ ।


 कम्पनीले चैत्र ८ गतेदेखि  हकप्रदमा अवितरित ३ लाख ४४ हजार ३ सय ७३ दशमलव ६२ कित्ता शेयर लिलाममा राखेको थियो  । जस मध्ये सर्बसाधारणतर्फको ६६ हजार ३ सय ७७ दशमलव ०९ कित्ता शेयर  बिक्रि भएको थियो । संस्थापक शेयरतर्फ कुनै पनि आवेदन परेको थिएन ।

साधारणशेयरको कट अफ मूल्य १ सय ८६ कायम भएको थियो  । लिलाममा सबै भन्दा धेरै २०२ र सबै भन्दा कम १ सय रुपियाँको आवेदन परेको थियो।  १ सय ८६ कट अफ मूल्य भएकाले १ सय ८६ कबुल गर्ने ९ जनाले समानुपातिक हिसाबमा शेयर पाएका छन् ।  जम्मा ५० जनाले कम्पनीको शेयर हात पारेका छन् । 

 हाल कम्पनीको चुक्ता पुंजी ३४ करोड ५४ लाख रहेकोमा ८३ प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ६३ करोड २० लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved