नेप्सेको साइट बन्द हुँदा लगानीकर्ता समस्यामा, बजारमा ठुलो चलखेल भएको आरोप

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 04, 2018 | 10:59:27 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्चेन्जको आधाकारिक वेबसाइट नेपाल स्टक डट कम नचल्दा लाखौ लगानीकर्ता समस्यामा परेका छन् । बुधबार बिहानै देखि नेप्सेको साइट खुलेको छैन। साइट नखुलेको भए पनि कारोबार भने जारि छ । 

नेप्सेले दिएको जानकारी अनुसार इन्टरनेट सेवा प्रदायक वल्डलिंकमा समस्या आउँदा यस्तो समस्या आएको हो । आम लगानीकर्ताले आफ्नो घर वा कार्यालयबाट साइट हेर्न नपाएका हुन् । ब्रोकरक कार्यालयबाट भने लगानीकर्ताले बजारको सम्पूर्ण जानकारी पाई नै रहेका छन् । नेप्सेका एक अधिकारीले भने 'ब्रोकर हाउसहरुमा खुलेको , कारोबार पनि जारि छ, लगानीकर्ताले आफ्नो घर वा कार्यालयबाट मात्र समस्या भएको हो । '

यस बिषयमा वल्ड लिंक लाई जानकारी गराई सकेको र काम जारि रहेकोले केहि समयमा नै सबै स्थानमा साइट सुचारु हुने जनाए । 

उता लगानीकर्ताले भने नेप्सेले जानाजान वेबसाइट बन्द गराएर बजारमा ठुलो चलखेल गर्न लागेको आरोप लगाएका छन् । घर तथा कार्यालयबाट बजार हेरेर खरिद बिक्रि आदेश दिने लगानीकर्ता भने समस्यामा परेका हुन्। 

यो समाचार तयार पार्दा सम्म बजार ०.६६ प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved