२ घण्टासम्म साइट नचलेपछि नेप्सेले गर्यो बैकल्पिक ब्यबस्था, यसरी हेर्न सकिन्छ साइट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 04, 2018 | 12:27:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्चेन्जको आधिकारिक वेबसाइट नेपाल स्टक डट कम नचल्दा लाखौ लगानीकर्ता समस्यामा परेका छन् । बुधबार बिहानै देखि नेप्सेको साइट खुलेको छैन। साइट नखुलेको भए पनि कारोबार भने जारि छ । नेप्से साइट नचल्दासम्मको बैकल्पिक ब्यबस्था गरेको छ  । लगानीकर्ताले http://118.91.175.170/ मा साइट र कारोबार बारे जानकारी लिन सक्ने छन्  ।

नेप्सेका अनुसार इन्टरनेट सेवा प्रदायक वल्डलिंकमा समस्या आउँदा यस्तो समस्या आएको हो । आम लगानीकर्ताले आफ्नो घर वा कार्यालयबाट साइट हेर्न नपाएका हुन् । ब्रोकरको कार्यालयबाट भने लगानीकर्ताले बजारको सम्पूर्ण जानकारी पाई नै रहेका छन् । नेप्सेका एक अधिकारीले भने 'ब्रोकर हाउसहरुमा खुलेको , कारोबार पनि जारि छ, लगानीकर्ताले आफ्नो घर वा कार्यालयबाट मात्र समस्या भएको हो । '

यस बिषयमा वल्ड लिंक लाई जानकारी गराई सकेको र काम जारि रहेकोले केहि समयमा नै सबै स्थानमा साइट सुचारु हुने जनाए । 

उता लगानीकर्ताले भने नेप्सेले जानाजान वेबसाइट बन्द गराएर बजारमा ठुलो चलखेल गर्न लागेको आरोप लगाएका छन् । घर तथा कार्यालयबाट बजार हेरेर खरिद बिक्रि आदेश दिने लगानीकर्ता भने समस्यामा परेका हुन्। 

यो समाचार तयार पार्दा सम्म बजार ११ अंकले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved