धितोपत्र बोर्डले एनएमबि क्यापिटलसंग माग्यो जवाफ, होला त कारबाही ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 04, 2018 | 01:28:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 बुटवल पावर कम्पनि लिमिटेडको एफपीओ 'अबैध' आबेदनलाई पनि बाँडफांड गरिएको भेटिएपछि नेपाल धितोपत्र बोर्डले यस बिषयमा चासो व्यक्त गरेको छ ।

बुटवल पावरको ४० लाख ८१ हजार कित्ता शेयर बाँडफांडमा एक कम्पनिलाई 'अबैध' प्रक्रियाबाट एफपीओ बाँडफाँड गरिएको तथ्य बिजपाटिलाई फेला परेको थियो । बाँडफांड गर्ने क्रममा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले हिमालयन जेनेरल इन्स्योरेन्सको 'अबैध' आबेदनलाई समेत एफपीओ बाँडबाँडमा समावेश गरेको पाईएको थियो। सार्वजनिक निष्काशनको शेयरमा एकै व्यक्ति वा संस्थाले एक भन्दा बढी डिम्याट नम्बर प्रयोग गरि दोहोरो आबेदन दिएमा त्यसलाई अबैध मानिन्छ। तर हिमालयन जेनेरल इन्स्योरेन्सको हकमा भने उक्त नियम लागू नभएको पाइएको हो । 

बुटवल पावरको एफपीओमा हिमालयन जेनेरल इन्स्योरेन्सले १३०१४८०००००२३५९७ नम्बरको डिम्याटबाट १० हजार कित्ताको लागि आवेदन दिएको थियो  भने कम्पनीले १३०१४१०००००१५६११ को डिम्याटबाट ६ सय कित्ताको लागि आवेदन दिएको थियो। यसमा कम्पनीको नाम हिमालयन जनरल इन्स्योरेन्स कम्पनी मात्र उल्लेख थियो अर्थात् यसमा लिमिटेड थिएन ।

यसरि एकै कम्पनीले यसरी २ वटा आवेदन दिएको खण्डमा दुई वटै आवेदन रद्द हुनु पर्ने हो । तर दुवै आवेदनलाई शेयर बाँडफांड भएको छ। बिक्रि प्रबन्धकले आवेदन रुजु गर्न लामो समय खर्चने गरेका छन। तर लामो समय खर्चेर पनि क्यापिटलले यस्तो गल्ती गर्नुलाई आश्चर्यको रुपमा लिइएको छ। 

कम्पनीले २ फरक फरक डिम्याट २ पटक आवेदन दिएको भेटिएको छ। एकै व्यक्तिले एक भन्दा बढी आवेदन दिए त्यो आवेदन स्वत् रद्द हुनु पर्छ अर्थात् त्यो आवेदन अबैध हो। तर रोचक के छ भने बिक्रि प्रबन्धकले त्यसलाई योग्य मानेर दुवैलाई शेयर वितरण गरेको छ। 

यस बिषयमा धितोपत्र बोर्डले पनि चासो लिदै क्यापिटलसंग मौखिक रुपमा के कसो भएको हो भनि जवाफ माग गरेको छ । बोर्डका सहायक प्रबक्ता निरंजय घिमिरेले क्यापिटलसंग जवाफ माग गरिएको र जवाफ आएपछि के गर्ने भन्ने छलफल पछि टुंगो लाग्ने बताए ।  

के भन्छ बिक्रि प्रबन्धक एनएमबि क्यापिटल ?

क्यापिटलले हजारौ आवेदन हुने र हरेकको नाम रुजु गर्न नसकिने भन्दै पन्छिन खोजेको छ। क्यापिटलकी प्रबक्ता स्मृति महर्जनले आफुहरुले डिम्याट नम्बर युनिक हुने सबैलाई शेयर बाँडफांड गर्ने बताईंन । उनले भनिन 'एकै नाम भएको धेरै आवेदन हुन् सक्छन, हामीले डिम्याट नम्बर हेर्छौ, र डिम्याट नम्बर युनिक भए त्यस आवेदकलाई योग्य मान्छौ'। डिम्याट योग्य छ छैन भन्ने पनि सिस्टमले हेर्ने भएकाले कसको नाममा २ वटा आवेदन परेको छ भनेर हेर्न सम्भव नहुने उनले जिकिर गरिन । यद्यपि यस्तो जानाजान नभएको उनको दाबि छ। 

यसो भन्छन सिडिएसीका सीईओ देव प्रकाश गुप्ता  

उता सिडिएसीका सीईओ देव प्रकाश गुप्ता भने यस्तै कमी कमजोरी नहोस भनेर सिआश्वा कार्यन्वयनमा ल्याएको बताउछन् । सी आश्वामा यस्तो समस्या नै नआउने र एकै व्यक्ति वा संस्थाले दोस्रो पटक आवेदन दिन खोजे , आवेदन नै दिन नमिल्ने उनको भनाई छ।

 नेपाल धितोपत्र बोर्डले यस अघि नै यो गलत भएको ठहर गरिसकेको छ । बोर्डका सहायक प्रबक्ता निरंजय घिमिरेले यस्तो अवस्थामा दुवै आवेदन रद्द हुनु पर्ने बताएका थिए ।  उनले हिमालयनले पाएको शेयर फिर्ता गर्नु पर्ने पनि हुन् सक्ने संकेत गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved