लगानीकर्ताको मागमा राष्ट्र बैंक सकारात्मक बनेपछि शेयरबजारमा उत्साह

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 04, 2018 | 02:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि दिन यता निरन्तर ओरालो लागेको शेयरबजारमा बुधबार हरियाली छाएको छ। कारोबार खुलेसंगै निरन्तर उकालो लागेको नेप्से परिसूचक २७।४५ अंकले बढेर १२२६।४५ को बिन्दुमा पुगेर रोकिएको छ। 

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत सुधार देखिएको छ। बुधबार कारोबारमा आएका १६२ कम्पनिका कुल ९ लाख २ हजार शेयर खरिद बिक्रिबाट ३३ करोड ६४ लाख ४३ हजारको कारोबार भएको छ। 

बुधबारको कारोबारमा नबिल बैंकको मात्रै सबै भन्दा बढी १ करोड ६२ लाखको कारोबार भएको छ भने नबिल बैंकलाई नेपाल लाइफ इन्स्योरेन्सले पछ्याएको छ। अन्य बढी कारोबार हुने कम्पनिहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक लगायत छन। 

२७ अंकले नेप्से परिसूचक उकालो लाग्दा कालिका माइक्रोक्रेडिटको शेयर मुल्य १० प्रतिशतले बढेको छ भने एनएमबि माइक्रोफाइनान्स, महिला सहयात्री लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त, ग्लोबल आइएमई लघुवित्त र लक्ष्मी लघुवित्तको शेयर मुल्य ८ प्रतिशतले बढेको छ।

त्यस्तै गुहेश्स्वोरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मिसन डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, खानिखोला हाइड्रोको शेयर मुल्य घटेको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउने बाटो खुला गरेसंगे तरलता अभाबको समस्या समाधान हुने र कर्जाको ब्याजदर घट्ने अपेक्षाले लगानीकर्तामा उर्जा थपिएको बिश्लेष्ण गरिएको छ।

त्यस्तै मार्जिन कलबाट लगानीकर्ताले भोगेको समस्या समाधानका लागि राष्ट्र बैंकले पहल थाल्ने आश्वासन दिएकाले लगानिकर्ताको मनोबल बढेको देखिएको छ। पूँजीबजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँगेको भेटमा गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर बजारप्रति राष्ट्र बैंक चिन्तित रहेको बताउदै लगानीकर्ताको माग सम्बोधन गर्न राष्ट्र बैंक सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।  

बुधबार नेप्सेको आधिकारिक वेबसाइट नेपाल स्टक डट कम नचलेपछि नेप्सेले साइट नचल्दासम्मको बैकल्पिक ब्यबस्था गरेको थियो।  लगानीकर्ताले http://118.91.175.170/ मा साइट र कारोबार बारे जानकारी लिन सक्ने नेप्सेले जानकारी दिएको छ। 

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved