शिखर इन्स्योरेन्सले संस्थापक शेयरकाे हिस्सा ६० प्रतिशतमा घटाउँदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 04, 2018 | 05:42:38 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स कम्पनिले कुल शेयरको थप दश प्रतिशत संस्थापक सेयरलाई साधारण शेयरमा रुपान्तरण गर्ने जनाएको छ। यस अनुसार विद्यमान ७० कित्ताबाट १० किता साधारण शेयरमा रुपान्तरण हुनेछ, जुन तत्काल कायम संस्थापक शेयरकाे १४.२८५७ प्रतिशत हुनेछ । 

यस शेयर रुपान्तरण भएपश्चात शिखर इन्स्याेरेन्समा संस्थापक शेयरधनीकाे हिस्सा ७० बाट ६० प्रतिशतमा घट्ने छ भने सर्वसाधारणकाे शेयर स्वामित्व बढेर ४० प्रतिशत कायम हुनेछ ।

कम्पनिले १३अाैं साधारणसभाकाे निर्णय बमाेजिम हाल कायम ७०:३० काे संस्थापक र सर्वसाधारणकाे शेयर अनुपातबाट ५६:४४ कायम गर्न कम्पनि रजिष्टारकाे कार्यालय र बिमा समितिबाट स्विकृत प्राप्त नभएकाे, तर १२ अाैं  साधारणसभाकाे निर्णय अनुसार संस्थापक र सर्वसाधारणकाे शेयर अनुपात ६०:४० नै कायम गर्न बीमा समिति र कम्पनि रजिष्टारकाे कार्यालयबाट समेत निर्देशन प्राप्त भएकाे भएकाे जनाएकाे छ । 

यस्तै कम्पनिले १२ अाैं  साधारणसभाकाे निर्णय अनुसार सर्वसाधारणकाे नयाँ शेयर (एफपिअाे) निष्कासन गरि शेयर अनुपात परिवर्तन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत नभएकाले १३ अाैं साधारण सभाले एफपिअाे निष्कासनकाे प्रस्ताव खारेज गरेकाे उल्लेख गरेकाे छ ।

कम्पनिका अनुसार २०७४ चैत २० गतेकाे संचालक समितिकाे बैठकले १३ अाैं साधारण सभाकाे निर्णय बमाेजिमकाे २० प्रतिशत संस्थापक शेयरलाई (कुल शेयरमा १४ प्रतिशत) सर्वसाधारण शेयरमा परिवर्तन गर्न गरिएकाे निर्णयलाई संशाेधन गरि १४.२८५७ प्रतिशत संस्थापक शेयरलाई (कुल शेयरकाे १० प्रतिशत)  साधारणमा रुपान्तरण गरि कम्पनिकाे शेयर पुँजीमा संस्थापक र सर्वसाधारणकाे शेयरकाे अनुपात ६०:४० कायम गर्ने निर्णय गरेकाे जनाएकाे छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved