सेयर दलाल र लगानीकर्तासँगको भेटमा अर्थमन्त्री खतिवडाले गरे बजार सुधारका कुरा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 05, 2018 | 09:10:51 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री ड़ा युबराज खतिवडाले बुधबार सेयरदलाल र लगानीकर्ताहरुसंग छलफल गरेका छन। छलफलमा पुंजीबजारको पूर्वाधार तथा नीतिगत व्यवस्था बलियो बनाउने बारे र बजार सुधारमा तत्काल गर्न सकिने कामबारे कुराकानी भएको थियो। 

श्वेतपत्र मार्फत पुंजीबजारको अवस्था र समस्या उजागर गरेका अर्थमन्त्री खतिवडाले शेयरबजार सुधार तथा बिस्तारका विकल्पबारे सरोकारवालाहरुसंग छलफल गरेका हुन। 

छलफलमा सहभागी एक लगानीकर्ताले बिजपाटी डटकमलाई दिएको जानकारी अनुसार अर्थमन्त्री खतिवडाले शेयरबजारमा सर्वसाधारणको लगानी सुरक्षित गर्न तथा पुंजीबजारलाई विश्वसनीय र बलियो बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताए। 

ति लगानीकर्ताका अनुसार अर्थमन्त्री खतिवडाले बजार घटाई र बढाई स्वाभाविक भएकाले त्यसतर्फ आफुहरुको चाँसो नभएको स्पष्ट पार्दै नीतिगत र पूर्वाधारमा मात्र ध्यान केन्द्रित गर्ने बताए। 

छलफलमा सहभागी स्टक ब्रोकर एशोसियशनका अध्यक्ष प्रियराज रेग्मी र सेयरलगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालसहितका पदाधिकारीले अनलाइन कारोबार प्रणाली तत्काल कार्यन्वयनमा ल्याइदिए बजारका धेरै समस्या समाधान हुने भन्दै अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएका थिए। 

अर्थमन्त्री खतिवडाले अर्थमन्त्रालयले सरकारको आउने नीति तथा कार्यक्रम र बजेट मार्फत सेयर बजारको नीतिगत, पुर्वाधार र प्रविधिजन्य सुधारका कार्यक्रम ल्याउने बिश्वास दिलाए।

अर्थमन्त्री खतिवडाले सेयर धितो कर्जाको सिमा र मार्जिन कलबारेमा पनि चासो राखेको बताइएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीबी नेपालले शेयर लगानीकर्तासंगका अध्यक्ष नबराज सुबेदी, नेप्सेका तत्कालीन महाप्रबन्धक सिताराम थपलिया सहितको पदाधिकारीसंगको छलफलमा मार्जिन कलबाट सिर्जित समस्या समाधान गर्न तत्काल परिणाममुखी छलफल चलाउने बताएकै दिन अर्थमन्त्री खतिवडाबाट यस्तो भनाई आउनुलाई महत्त्वका साथ हेरिएको छ।  

तीन दिन अघि मात्रै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका पदाधिकारीसंगको बेग्ला बेग्लै छलफल गरेका अर्थमन्त्री खतिवडाले बुधबार शेयरबजारका सरोकारवालासंग छलफल गर्नुले खतिवडा बजार सुधार गरि बाम सरकार माथि परेको दबाबलाई न्यूनीकरण गर्न चाहेको बुझिएको छ। 


  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved