शतप्रतिशत हकप्रद बिक्रि नहुँदै फेरी अर्को भारी बोकाउदै नेपाल इन्स्योरेन्स

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 05, 2018 | 11:17:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनिले शतप्रतिशत हकप्रद बिक्रि नगर्दै पुन: ६५ प्रतिशत हकप्रद जारि गर्ने निर्णय गरेको छ। बिमा समितिले तोकेको चुक्ता पुंजी १ अर्ब पुर्याउन इन्स्योरेन्सले शेयरधनिहरुलाई थप ६५ प्रतिशत हकप्रदको भार बोकाउन लागेको हो। 

कम्पनिले बैशाख ५ देखि शतप्रतिशत हकप्रद बिक्रि खुला गर्नेछ। उक्त शतप्रतिशत हकप्रद बिक्रि तथा बोनस पश्चात कायम हुने चुक्ता पुंजी ६१ करोड ७६ लाखको ६५ प्रतिशत हकप्रद जारी गर्ने जनाएको हो। 

कम्पनिको चैत २१ गते बसेको संचालक समितिको बैठकले थप ६५ प्रतिशत हकप्रद बिक्रि गरेर चुक्ता पुंजी १ अर्ब नघाउने प्रस्ताब गरेको हो। कम्पनिको आगामी बैशाख २१ गते बस्ने बार्षिक साधारणसभाले उक्त प्रस्ताब पारित गरेपछि ६५ प्रतिशत हकप्रद बिक्रि गर्ने प्रक्रिया अगाडी बढ्नेछ। ६५ प्रतिशत हकप्रद बिक्रि पश्चात कम्पनिको चुक्ता पुंजी १ अर्ब ९ करोड ९१ लाख पुग्नेछ। 

साधारणसभा प्रयोजनार्थ नेपाल इन्स्योरेन्सले बैशाख ७ देखि शेयरदर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। अर्थात बैशाख ६ सम्म कायम शेयरधनिहरुले कम्पनिले शतप्रतिशत हकप्रदले समेत पाउने गरि प्रस्ताब गरेको २.२६ प्रतिशत बोनस सेयर प्राप्त गर्न सक्नेछन भने कम्पनिको बैशाख २१ गते हुने साधारणसभामा सहभागी हुन पाउनेछन।

हाल कम्पनिको चुक्ता पुंजी ३० करोड १९ लाख छ। बैशाख ५ देखि शतप्रतिशत हकप्रद बिक्रि र बोनस सेयर वितरण पश्चात कम्पनिको चुक्ता पुंजी ६१ करोड ७६ लाख पुग्नेछ। आगामी बार्षिक साधारणसभाले पारित गरि बिमा समिति र धितोपत्र बोर्डको अनुमति पश्चात ६५ हकप्रद बिक्रि पश्चात कम्पनिको चुक्ता पुंजी १ अर्ब नाघ्नेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved