उन्नति माइक्रोफाइनान्सको हकप्रद प्रस्ताव परिमार्जन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 05, 2018 | 11:40:50 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको  यस अघिको हकप्रद प्रस्ताव परिमार्जन भएको छ ।  कम्पनीले यस अघि २५ प्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव गरेकोमा अब २० प्रतिशत मात्र हकप्रद जारि गर्ने भएको छ  ।  

  कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम पुंजी ५ करोड ५० लाख ४:१ को अनुपातमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो   । तर कम्पनीको चैत्र २१ गते बसेको साधारणसभाले हकप्रद प्रस्ताव परिमार्जन गरी  ५ :१ को अनुपातमा २० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित  गरेको हो। अब कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  ।   

माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमा ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामुहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको थियो। 

हाल कम्पनको चुक्ता पुंजी ५ करोड ५० लाख रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ६ करोड ६० लाख पुग्ने छ  । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४५ लाख ११ हजार खुद मुनाफा गरेको छ। रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved