आईपिओ निष्काशनको अनुमति माग्दै हिमालय उर्जा विकास कम्पनीले दियो बोर्डमा आवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 05, 2018 | 04:20:18 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले आईपिओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा आयोजित प्रभावित स्थानीयको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेड रहेको छ ।

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

हिमालय उर्जा विकास कम्पनीले ०७५ अषाढमा उपल्लो खिम्ती र २०७५ असोजमा अप्पर खिम्तीबाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved