गण्डकी अब सबैभन्दा ठुलो विकास बैंक, राष्ट्र बैंकबाट बोनस प्रस्ताव स्वीकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 05, 2018 | 04:30:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले गण्डकी विकास बैंकको बोनस प्रस्ताव स्वीकृत गरेको छ  । बैंकले १९ः३१ प्रतिशत बोनस शेयर  वितरण गर्ने गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो । 

अब बैंकको साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्तालाई बोनस वितरण हुनेछ । बोनसपछि बैंकको चुक्ता पुँजी २ अर्व ७५ करोड रुपैयाँ पुग्ने छ  ।

यस संगै गण्डकी विकास बैंक चुक्ता पूँजीको आधारमा राष्ट्रियस्तरको सबै भन्दा ठुलो विकास बैंक बन्ने छ ।  राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रियस्तरको विकास बैंकले न्युनतम २ अर्व ५० करोड चुक्तापुंजी पुर्याउनु पर्नेछ ।

बैंकले हाल ५१ वटा शाखा कार्यालायहरुबाट पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ । थप २६ वटा शाखाहरु नेपाल राष्ट्र बैंकबाट स्विकृती लिई कार्यालय निर्माणको प्रकृयामा रहेको जनाएको छ । बैंकले सम्पूर्ण शाखाहरुबाट पूर्ण वैंकिङ, निक्षेप, कर्जा एटीएम, मोबाइल बैंकिङ लगायतका सुविधाहरु प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved