फस्ट माइक्रोफाइनान्सको हकप्रद भर्नुभयो ? आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 06, 2018 | 09:27:38 AM मा प्रकाशित

laxmi  sunrise bank

फस्ट माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्थाको हकप्रद भर्ने आज चैत्र २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले  फागुन १८ गतेदेखि  २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो । जस अनुसार कम्पनीले २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद बिक्रि गरिरहेको छ।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ ९  गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ८ गते सम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले चैत्र २३ गतेसम्म हकप्रद भर्न सक्ने छन्। माइक्रोफाइनान्सको बिक्रि प्रबन्धक तथा शेयर निष्काशनमामा ग्लोबल आईएमइ क्यापिटल रहेको छ । 

लगानीकर्ताले ग्लोबल आईएमइ क्यापिटलको कार्यालय जमल, फस्ट माइक्रोफाइनान्सको शाखा कार्यालय ज्ञानेश्वर काठमाडौँ , उर्लाबारी मोरंग, भरतपुर चितवन तथा आश्वा शेयर सदस्य तथा मेरोशेयरबाट आवेदन दिन सक्ने छन् । 

कम्पनीको असोज ८ गतेको साधारणसभाले १५ प्रतिशत बोनस प्रस्ताव र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभाश प्रस्ताव र बोनस वितरणपछि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।  

 कम्पनीले गत बर्ष ८ करोड २ लाख रुपियाँ खुद नाफा गरेको थियो।  हाल कम्पनीको चुक्ता पुंजी ३९ करोड ६७ लाख रहेकोमा १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ६८ करोड ४३ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved