काबेली विकास बैंकले चैत्र २७ देखि ५१ हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 07, 2018 | 02:41:33 PM मा प्रकाशित

laxmi  sunrise bank

काबेली विकास बैंकले चैत्र २७ गतेदेखि हकप्रदमा अवितरित संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले ४५ हजार ३ सय ५१ कित्ता शेयर लिलाम गर्न लागेको हो । शेयर लिलाम कार्यको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक तोकिएको छ । इच्छुक बोलकबोलदाताले बैशाख ४ गतेसम्म आवेदन दिन सक्ने छन् । 


इच्छुक बोलकबोलदाताले न्यूनतम १०० रुपियाँ भन्दा कम नहुने गरी न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छन् । १०० कित्ता भन्दा माथि आवेदन दिन चाहनेले १० ले भाग जाने संख्या मात्र माग गर्ने सक्ने छन् ।  बिक्रि प्रबन्धकको ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमल तथा ग्लोबल आईएमई बैंकको शाखाहरु बिरगंज, बिराटनगर, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत तथा धनगढीबाट आवेदन लिन र बुझाउन सक्ने छन्  ।

 हाल बैंकको चुक्ता पुंजी ७ करोड रहेकोमा हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पुंजी १० करोड ५२ लाख पुग्ने छ ।  बैंकले केहि समय अघि माउन्ट मकालु डेभलपमेन्टलाई गाभेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved