शेयरबजारमा उछाल आउँदा मोफसलका लगानीकर्ता पनि हौसिए, नेप्से ४५ अंकले बढ्दा कसले कति कमाए ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 08, 2018 | 04:58:51 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिनको कारोबारमा शेयरबजार उछाल आएको छ। पछिल्लो तीन कारोबारमा नेप्से परिसूचकमा सामान्य वृद्धि देखिएपनि आइतबारको कारोबारमा कारोबार रकममा समेत उत्साहजनक वृद्धि देखिएको छ। 

कारोबार खुलेसंगै उकालो बाटो लिएको नेप्से शेयरबजारमा नेप्से परिसूचक ४४।२६ अंकले बढेर १२९४।६५ को बिन्दुमा पुग्दा करिब ९२ करोडको कारोबार भएको छ। 

आइतबार कारोबारमा आएका १५६ कम्पनि मध्ये १६ कम्पनिको शेयर मुल्य १० प्रतिशतले बढेका छन भने मात्रै १४ कम्पनिका शेयर मुल्य घटेको छ। आइतबारको कारोबारमा नबिल बैंकको सबै भन्दा बढी ३ करोड १४ लाखको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनिमा प्रभु इन्स्योरेन्स, एभरेष्ट बैंक, सानिमा बैंक, नेपाल बंगलादेश बैंक लगायत छन। 

शेयरबजारमा उछाल आउँदा लघुवित्त कम्पनिका शेयर मुल्यमा ब्यापक सुधार देखिएको छ। आइतबारको कारोबारमा बढी कमाई गर्ने कुल १६ कम्पनि मध्ये ४ कम्पनिमा लघुवित्त रहेका छन। सुर्योदय लघुवित्त, महुली सामुदायिक लघुबित्त, मिथिला लघुवित्त, निर्धन उत्थानको शेयर मुल्य १० प्रतिशतले बढेको छ। त्यस्तै आइतबारको कारोबारमा राधि बिद्युत , युनियन फाइनान्स लगायतका १४ कम्पनिको शेयर मुल्यमा गिरावट आएको छ।  

पछिल्ला दिनहरुमा औषतमा ३० करोडको कारोबार भएको शेयरबजारमा एक्कासि ९१ करोडको कारोबार हुँदा लगानीकर्तामा उत्साह थपिएको विश्लेषण गरिएको छ। यद्दपी अचानक यत्तिको ठुलो रकमको कारोबार हुनुलाई भने विभिन्न ढंगले विश्लेषण गरिएको छ। 

केहि व्यक्तिहरुले शेयरबजारमा संस्थागत लगानीकर्ताको प्रवेश भएको विश्लेषण गरेका छन भने केहिले यसलाई 'अप्राकृतिक वृद्धि' भनेका छन। यद्दपी पछिल्ला दिनहरुमा शेयरबजारमा आएको निरन्तर गिरावटले अधिकांश कम्पनिको शेयरमुल्य आईपीओकै हाराहारीमा आएको थियो। अझै घट्छ भनेर पर्खेका लगानीकर्ताहरु समेत बजारमा सकारात्मक समाचार प्रवाह भएसंगै शेयर उठाउन शुरु गरेकाले कारोबार रकम ९१ करोड नाघेको अनुमान गरिएको छ। 

एकै दिन ९१ करोडको कारोबार हुँदा मोफसलका ब्रोकरहरुबाट समेत कारोबार रकममा वृद्धि भएको एक ब्रोकर अधिकारिले बिजपाटीलाई बताए। बिगतमा १०-१२ लाखको कारोबार भएकोमा आज मोफसल बाहिरको एकै शाखाबाट ३५ करोड माथिको कारोबार भएको उनले बताए। 

   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved