सिस्टम अपग्रेड गर्न खोज्दा मेराे शेयरको सफ्टवेयरमा समस्या, कहिले हुन्छ सुचारु ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 09, 2018 | 08:49:39 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो शेयर सफ्टवेयर आजदेखि पुन:सुचारु हुने भएको छ। पहिले भन्दा गुणस्तरीय सेवा दिनका लागि प्राविधिक बिषयहरुलाई मिलाउन खोज्दा पछिल्लो ३ दिन यता मेरो शेयर सफ्टवेयरमा समस्या आएको केन्द्रीय निक्षेप प्रणाली सीडीएससी ले जनाएको छ। 

केहि दिन यता राम्ररी काम नगरेको मेरो शेयर सफ्टवेयर आजदेखि संचालनमा आउने भएको छ। पहिले भन्दा गुणस्तरीय सेवा दिनका लागि प्राविधिक बिषयहरुलाई मिलाउन खोज्दा सिस्टममा समस्या देखिएको केन्द्रीय निक्षेप प्रणाली सीडीएससी ले जनाएको छ। 

'मेरो शेयरमा रहेको पोर्टफोलियो सेवालाई व्यवस्थापन गर्न खोज्दा समस्या देखिएको हो' सीडीएससी का प्रवक्ता सुरेश न्यौपानेले बिजपाटीलाई भने, 'पोर्टफोलियोको लागि नेप्सेको साइडबाट सिधै डाटा कनेक्सन गर्दा समस्या आएकाले त्यसलाई मिलाएका छौं, पोर्टफोलीयोको सिस्टम मिलाउन खोज्दा मेरो शेयर सफ्टवेयरमा समस्या आएको हो, आजदेखि सेवा बिना अवरोध सुचारु हुन्छ।'

केहि दिन यता मेरो शेयर सफ्टवेयरमा समस्या आएपछी लगानीकर्ताले सीडीएससीको सेवाप्रति गुनासो गरेका छन। केहि लगानीकर्ताले आफ्नो सिडीएससीको सिस्टम नै ह्याक भएको आशंका गर्दै सोसियल मिडियामा चिन्ता व्यक्त गरेका छन। यद्दपी सर्भर वा सिस्टममा केहि समस्या नभएको र पोर्टफोलियो व्यवस्थापनलाई 'अपग्रेड' गर्न खोज्दा यस्तो समस्या देखिएको सीडीएससीले स्पष्ट पारेको छ। 

    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved