देब बिकास बैंकको हकप्रद बिक्रि खुला, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 09, 2018 | 09:47:33 AM मा प्रकाशित

laxmi  sunrise bank

देब बिकास बैंकको हकप्रद बिक्रि खुला भएको छ। बैंकले चैत २६ देखि बैशाख ३० सम्मका लागि १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले  हकप्रद बिक्रि खुला गरेको हो।      

देबले साझा विकास बैंक र युनियन फाइनान्स प्राप्तीपछि कायम चुक्ता पूँजीको ४० प्रतिशतले हुन आउने ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। देबले ४० प्रतिशत हकप्रद बिक्रि प्रयोजनार्थ फागुन १७ गते बुक क्लोज गरेकाले फागुन १६ सम्म कायम शेयरधनिहरुले मात्र देबओ हकप्रद भर्न पाउनेछन। 

फागुन १६ सम्म कायम शेयरधनिहरुले बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलको कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौँ, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा र देवको सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन। साथै नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा दिन इजाजत प्राप्त सम्पूर्ण बैंक वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट समेत हकप्रद भर्न सकिनेछ। 

बैंकले हकप्रद जारि गर्न मंसिर १३ गते अनुमति मागेकोमा बोर्डले माघ २६ गते हकप्रद बिक्रि गर्न स्वीकृति दिएको हो।  ४० प्रतिशत हकप्रद बिक्रि पश्चात बैंकको चुक्ता पुंजी १ अर्ब ६३ करोडबाट २ अर्ब २८ करोड पुग्नेछ। बैंकले २ अर्ब ५० करोड चुक्ता पुंजी पुर्याउनुपर्नेछ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १४ करोड ६ लाख खुद मुनाफा आर्जन गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved