बुटवल पावरको लाभांश घोषणा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 09, 2018 | 01:50:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनिले एफपीओले समेत पाउने गरि लाभांश घोषणा गरेको छ। कम्पनिको चैत २५ गते बसेको संचालक समितिको बैठकले एफपीओले समेत पाउने गरि २० प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

त्यस्तै कम्पनिले साधारणसभाको मिति समेत तय गरेको छ। कम्पनिले जेठ ८ गते डाकेको साधारण सभाको लागि बैशाख २७ देखि जेठ ८ सम्मका लागि शेयरधनि दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। बैशाख २६ सम्म कायम शेयरधनिहरुले २० प्रतिशत नगद लाभांश पाउनेछन भने साधारणसभामा समेत सहभागी हुन पाउनेछन। 

बुटवल पावरले हालै मात्र प्रति कित्ता १ सय अंकित मुल्यमा ४०१  प्रिमियम थप गरि प्रति कित्ता ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ बिक्रि गरेको थियो। 

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३५७ प्रतिशतले बढाएर ५९ करोड ५२ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा कम्पनिले १३ करोड ९ लाख खुद मुनाफा गरेको थियो। कम्पनिले बिद्युत बिक्रिबाट ४० करोड ९८ लाख आम्दानि गरेको छ।   

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघेको छ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ८६ करोड छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved