सूचकसंगै कारोबार रकममा पनि गिरावट, बुटवल पावरको टर्नओभर उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 10, 2018 | 02:43:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारको शेयर कारोबारमा पनि तिब्र उतार चढाव देखिएको छ। बजार सुरु भएको ४५ मिनेट मै २१ अंकले घटेको सूचक त्यसपछिको ४५ मिनेटमा २४ अंकले बढ्यो । त्यसपछि ओरालो लागेको सूचक हिजोको तुलनामा १७.५५ अंकले घटेर  १२७०.२३ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका १ सय ६० कम्पनीका ९ लाख ८३ हजार १ सय ५९ कित्ता शेयर खरिद बिक्रिबाट ३४ करोड ९० लाख ५१ हजार ७७ रुपियाँको कारोबार भएको छ । कारोबार रकम अझिल्लो दिनको तुलनामा आधा भन्दा पनि कम हो । 

आज बुटवल पावरको सबै भन्दा धेरै १ करोड ३६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, युनिलिभर नेपाल, नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । आज स्वदेशी लघुवित्तका लगानीकर्ता सर्बाधिक ७.९९ प्रतिशत तथा उन्नति माइक्रोफांईनान्सका लगानीकर्ताले ५.७८ प्रतिशत कमाएका छन् । त्यस्तै आज हाम्रो विकास बैंकका लगानीकर्ताले सर्बाधिक ७.५ प्रतिशत तथा तारागाउ रेजेन्सी होटेलका लगानीकर्ताले ६.७६ प्रतिशत गुमाएका छन् । 

अल्पकालीन नाफा बुक गर्ने प्रवृतिले शेयरबजारमा तिब्र उतारचढाब देखिएको विश्लेषण गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved