सांग्रिला डेभलपमेन्ट बैंकले दियो कर्पोरेट जवाफदेहिताको 'उत्कृष्ट' नमुना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 10, 2018 | 10:03:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले कर्पोरेट जवाफदेहिताको उत्कृष्ट नमुना पेश गरेको छ। बैंकले केहि दिन अगाडी लिलाम मार्फत बिक्रि गरेको शेयरबारे बिज्ञप्ति जारि गरेर नै सर्वसाधारणलाई जानकारी दिएर कर्पोरेट जवाफदेहिताको उदाहरण प्रस्तुत गरेको हो। 

नेपाल राष्ट्र बैकले तोकेको चुक्ता पुंजी पुर्याउन नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक वित्तीय संस्थाले हकप्रदमा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्नु सामान्य जस्तै भएको छ। तर अहिलेसम्म कुनै पनि बैंक वित्तीय संस्थाले बिज्ञप्ति जारि गरेर नै लिलाम मार्फत बिक्रि भएको शेयरबारे सर्वसाधारणलाई जानकारी दिने गरेका थिएनन। तर सांग्रिला डेभलपमेन्ट बैंकले भने बिज्ञप्ति जारि गरेर नै लिलाम मार्फत बिक्रि भएको शेयरबारे जानकारी दिएर गतिलो उदाहरण प्रस्तुत गरेको हो। 

सांग्रिलाले चैत्र १३ गतेदेखि २० गतेसम्म (संस्थापक ३ लाख ५२ हजार ७ सय २२ दशमलव ५० कित्ता र ५ लाख ९ हजार २ सय २५ कित्ता साधारण) ९ लाख १ हजार ९ सय ९७ दशमलव ५० कित्ता शेयर लिलाममा राखेको थियो। जसमा साधारण तर्फको शेयरमा कुल १२ सय २५  र संस्थापक तर्फ ७१ आवेदन परेको थियो। 

साधारणतर्फको कटअफ मूल्य १ सय ४२ कायम भएको थियो भने संस्थापक तर्फ कट अफ मूल्य १०५ कायम भएको थियो। साधारण तर्फको शेयर ३२० जनाले सकार्ने मौका पाए भने संस्थापक तर्फको शेयर  

१ हजार २२५ बोलकबोल दाता मध्ये ३२० जनाले सांग्रिलाको साधारणतर्फको शेयर सकार्ने मौका पाएका छन भने संस्थापक तर्फ आबेदन दिएका ७१ मध्ये ५३ जनाले संस्थापक सेयर सकारेका छन। 

लिलाम मार्फत बिक्रि भएको सेयरबाट २ करोड ६६ लाख ४७ हजार ६७९.२० रुपैयाँ प्रिमियम बैंकको खातामा जम्मा भएको बैंकले जानकारी दिएको छ। साथै शेयर बाँडफाँड पश्चात बैंकको शेयर पुंजी २ अर्ब ५० करोड पुग्ने बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved